अर्थसंक्षेप : तेश्रो जलविद्युत् परियोजना विकास सम्झौता बमोजिम रिभ्यू प्यानल बनाइने, कोइलाबास भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व र २८३३ अंकमा झर्‍यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : तेश्रो जलविद्युत् परियोजना विकास सम्झौता बमोजिम रिभ्यू प्यानल बनाइने, कोइलाबास भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व र २८३३ अंकमा झर्‍यो नेप्से


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै रु १० लाख बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८१-८२ का लागि एक करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले एक करोड ७२ लाख राजस्व संकलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए ।

संकलित राजस्वमध्ये मुद्दाबाट रु १५ लाख एक हजार असुल भएको र बाँकी अस्थायी पैठारीबाट संकलन भएको उनले बताए।

भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको प्रमुख विष्टले बताए।

एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

एनएमबि बैंकद्वारा गण्डकीको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

तेश्रो जलविद्युत् परियोजना विकासमा भएको सम्झौता बमोजिम रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने

सरकारले अरुण तेश्रो जलविधुत परियोजना बिकासका लागि विकासकर्ता कम्पनी र लगानी बोर्डबीच भएको सम्झौता अनुसार प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा साउन १८ गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले तेश्रो जलविधुत परियोजना बिकासका लागि भएको सम्झौता बमोजिम डा पवनकुमार श्रेष्ठ, डा पवनकुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपाने विषय विज्ञ रहेको प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्तामा रहेका एमसिए नेपालको काम गर्ने निर्माण वा सेवा कम्पनीको फण्डबाट आर्जित आयमा आयकर छुट दिने निर्णय गरेको छ ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवा सर्त र अन्य सुविधा तोक्ने निर्णय समेत गरेको प्रवक्ता गुरुङले बताए ।

ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था

प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्ष हालसम्ममा २२ करोड ८८ लाख ६६ हजार मूल्य बराबरको करिब १७ लाख ७० हजार थान पुस्तक बिक्री गरेको छ । यस वर्ष वैशाखदेखि असारसम्ममा सो परिमाणमा किताब बिक्रीवितरण भएका हुन् ।

यस वर्ष शैक्षिकसत्र सुरु हुनुअगाडि पाठ्यपुस्तक उपलब्ध भएका कारण बिक्रीवितरण बढी भएको कार्यालय प्रमुख रुद्रमणि खनालले जानकारी दिए ।

शैक्षिक वर्ष २०८२ मा २५ करोड मूल्यका २३ लाख ७० हजार थान पुस्तक बिक्रीवितरण गर्ने लक्ष्य रहेको उनले बताए । विद्यालयलाई तोकिएका विभिन्न ८६ वितरकका माध्यमबाट पाठ्यपुस्तक बिक्रीवितरण गरिँदै आएको छ ।

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयबाट ओखलढुङ्गा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिरहा, सर्लाही, रौतहट, पर्सा, बारालगायत जिल्लामा पाठयपुस्तक बिक्री–वितरण गरिँदै आएको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा अफर 

नाम्दुका मानबहादुरको मान राख्दै ड्रागन फ्रुट, दोब्बरले बढ्यो आम्दानी 

२८३३ अंकमा झर्‍यो नेप्से, कारोबार पनि १० अर्ब तल

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्सेमा नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ४१.७८ अंकले नेप्से घटेर २८३३.५७ अंकमा आइपुगेको हो ।

मंगलबार सोमबारको तुलनामा कारोबार रकम समेत घट्दा नेप्सेमा कारोबार भएकामध्ये ४६ वटा कम्पनीको मात्रै शेयर मूल्य बढ्यो भने २०४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो ।

आजको कारोबारमा समाज लघुवित्तको शेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने थ्री स्टार हाइड्रोपावरको शेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ०८ बजे

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल

खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार

नाडा अटो प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म

ललितपुर – यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३

बान्टमवेट च्याम्पियन ढाँटलाई दुर्गाथली गाउँपालिकाबाट एक लाख ११ हजार आर्थिक सहयोग

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका रवीन्द्र