सैन्य अभ्यासमा सहभागी हुने भारतीय सेनाको टोली अमेरिकामा « Khabarhub

सैन्य अभ्यासमा सहभागी हुने भारतीय सेनाको टोली अमेरिकामा


२० भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकासँगको सैन्य अभ्यासमा सहभागी हुने भारतीय सेनाको टोली प्रस्थान गरेको छ । २१ औँ संस्करणको संयुक्त अभ्यासमा सहभागी हुनका लागि भारतीय सेनाको टोली अमेरिका पुगेको हो ।

‘युद्ध अभ्यास २०३५’ नाम दिइएको अभ्यास सेप्टेम्बर १ देखि शुरु भएर सेप्टेम्बर १४ सम्म सञ्चालन हुनेछ । भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सका अनुसार यो अभ्यास अमेरिकाको अलास्का राज्यस्थित फोर्ट वेइनराइटमा सञ्चालन हुने छ ।

भारतको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार यस अभ्यासमा भारतका तर्फबाट मद्रास रेजिमेन्टको बटालियनले सहभागिता जनाउनेछ । अमेरिकाका तर्फबाट भने अभ्यासमा पहिलो बटालियन, पाचौँ इन्फान्ट्री रेजिमेन्ट ‘बबक्याट’ उल्भ्स ब्रिगेड कम्ब्याट टिम, एघारौँ एरअबोर्न डिभिजनको सहभागिता रहनेछ ।

मन्त्रालयका अनुसार दुई साताको अवधिमा सैनिकहरुले विभिन्न सामरिक प्रशिक्षण लिनेछन् । यसमा हेलिबोर्न कारवाही, निगरानी सुविधा र चालकरहित हवाइ प्रणालीको परिचालनबारे अभ्यास समावेश छन् ।

त्यसैगरी, अभ्यासमा सैनिकहरुले ‘रक क्राफ्ट’, पहाडी युद्धकला, हताहती उद्धार, सैन्य चिकित्सा सहायता र तोपखाना, हवाई र विद्युतीय युद्धकार्य प्रणालीको संयुक्त प्रयोगबारे पनि प्रशिक्षण लिने जनाइएको छ ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ७ : ३७ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले