पाकिस्तानको आदियाला कारागारमा एचआईभी सङ्क्रमितको सङ्ख्या उच्च « Khabarhub

पाकिस्तानको आदियाला कारागारमा एचआईभी सङ्क्रमितको सङ्ख्या उच्च


२० भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको रावलपिण्डीस्थित आदियाला कारागारमा एचआईभी सङ्क्रमितको सङ्ख्या उच्च रहेको पाइएको छ । उसैपनि अत्यधिक भीडभाड रहेको यस कारागारमा १ सय ४८ जना एचआईभी सङ्क्रमित बन्दी छन् ।

यो पञ्जाब प्रान्तका कारागारमा भेटिएका सबैभन्दा धेरै एचआईभी सङ्क्रमितको सङ्ख्या हो । पञ्जाब एड्स नियन्त्रण कार्यक्रमको तथ्याङ्कमा यस्तो पाइएको हो ।

२ हजारभन्दा कम क्षमता रहेको यस कारागारमा हाल ४ हजार ३ सयभन्दा धेरै बन्दी राखिएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार यस प्रकोपलाई कारागारभित्र स्वास्थ्य सेवामा लापरवाहीको परिणामका रुपमा अथ्र्याएको छ ।

पाकिस्तानमा असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रक्तदान, निर्मलीकरण नगरिएका सिरिन्जको प्रयोगजस्ता अभ्यासका कारण पाकिस्तानमा एचआईभीको सङ्क्रमण बढ्दै गएको जनाइएको छ । सन् २०१९ मा पाकिस्तानको राटो डेरो क्षेत्रमा एक जना चिकित्सकले असुरक्षित सिरिन्ज प्रयोग गर्दा सयौँ बालबालिका एचआईभीबाट सङ्क्रमित भएको घटना सार्वजनिक भएको थियो ।

त्यसैगरी, पाकिस्तानमा सिरिन्जबाट लागूऔषध लिने ४० प्रतिशत दुव्र्यसनी एचआईभी पोजेटिभ छन् । यस्तै अभ्यासका कारण कारागारसम्म एचआईभीको सङ्क्रमण फैलिएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ८ : १३ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले