एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत « Khabarhub

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग सुरु भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुआत गरेका छन् । आफ्नो पहिलो खेल जितेका दुवै टोलीले तीन–तीन अङ्क बटुलेका हुन् ।

प्रतियोगिताको उद्घाटन खेलमा कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । कर्णालीले पहिलो सेट २५–२१ ले जित्यो । दोस्रो सेटमा २५–२० को जित निकालेको कर्णाली तेस्रो सेटमा झनै लयमा देखियो । उसले तेस्रो सेट २५–१४ अङ्कले जितेर उत्कृष्ट सुरुआत गरेको हो ।

त्यसैगरी, दोस्रो खेलमा ललितपुरले मधेस युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित निकाल्यो । प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल ललितपुर क्विन्स र काठमाडौँ स्पाइकर्सबीच तथा दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबीच खेल हुने आयोजकले जनाएको छ । भोलिको अन्तिम खेल पोखरा निन्जाज र मधेस युनाइटेडबीच हुनेछ ।

यही भदौ २८ गतेसम्म सञ्चालन हुने लिगमा छ फ्रेन्चाइज टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले ‘सिङ्गल राउण्ड रोविन’का आधारमा एकआपसमा खेलेपछि बढी अङ्क जोड्ने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई स्पोर्टस् हब बनाउने गरी सरकारले प्राथमिकता दिएको बताए । उनले पोखरा क्रिकेटमैदान तथा फुटबल रङ्गशालाको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : २३ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ