इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु : माङ्सेबुङमा उद्धारका लागि हेलिकप्टर मागियो « Khabarhub

इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु : माङ्सेबुङमा उद्धारका लागि हेलिकप्टर मागियो


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इमालका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ ।

इलाम नगरपालिका–६ र माइजोगमाइसहित विभिन्न ठाउँमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोले दुई घर पुरिँदा ११ जनाको मृत्यु भएको हो ।

घाइते र बेपत्ताको खोजी भइरहेको उनको भनाइ छ । रातको समयमा पहिरो गएकाले बिहानैदेखि उद्धार भइरहेको छ ।

इलामकै माङ्सेबुङ गाउँपालिका १ मा पहिरोपछि उद्धारमा कठिनाइ भएपछि इटहरीबाट हेलिकप्टर मगाइएको छ ।

प्रहरीका अनुसार इलाम नगरपालिका ५, घोसमा एकैघरमा ५ जनाको मृत्यु भएको छ। यता सन्दकपुर गाउँपालिका १, छाँगेमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन्।

माइजोगमाई गाउँपालिका ६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएका छन् भने सन्दकपुर गाउँपालिका ३, सुलुबुङमा एक बालिका घरसँगै बेपत्ता भएकी छन्।

माङ्सेबुङ गाउँपालिका १ मा १ गर्भवती र १ पुरुष गम्भीर घाइते भएका छन् भने फाकफोकथुम ३, आमचोकको रातमाटेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ३७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने