इलाममा बाढी र पहिरोमा परेर १८ जनाको मृत्यु « Khabarhub

इलाममा बाढी र पहिरोमा परेर १८ जनाको मृत्यु


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

इलाम– निरन्तर वर्षापछि आएको बाढी, पहिरोले इलाममा ठुलो मानवीय क्षति पुर्‍याएको छ। इलामका ६ ठाउँमा बाढीपहिरोमा परेर १८ जनाको मृत्यु भएको छ।

डम्बर बहादर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको हो। सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घरमा पहिरो खस्दा घर भित्रबाट ४ वटा शव फेला पारेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी शैलेन्द्र थापाले जानकारी दिए। क्षेत्रीको घरबाट उद्धार गरेर उपचारको लागि लैजाँदै गर्दा १ जनाको बाटोमा नै मत्यु भएको छ।

त्यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका पाँच जना बेपत्ता भएको सशस्त्र प्रहरीका सूचना अधिकारी डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसहित बेपत्ता भएकी छन्।

त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन्।

देउमाई नपा ५ धारे १ जना मृत्यु भएका छ भने देउमाई नगरपालिका ५ धुसुनेमा दुई जना जनाको मृत्यु भएको छ।

त्यस्तै फाकफोकथुम गाउँपालिका ३ रातमाटे १ जना मृत्यु भएको छ। इलाम नगरपालिका ५ ‍घोसगाउ ६ जना मृत्यु भएको छ।

पहिरो गएको क्षेत्र ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : १० बजे

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्