इलाममा बाढी र पहिरोमा परेर १८ जनाको मृत्यु « Khabarhub

इलाममा बाढी र पहिरोमा परेर १८ जनाको मृत्यु


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

इलाम– निरन्तर वर्षापछि आएको बाढी, पहिरोले इलाममा ठुलो मानवीय क्षति पुर्‍याएको छ। इलामका ६ ठाउँमा बाढीपहिरोमा परेर १८ जनाको मृत्यु भएको छ।

डम्बर बहादर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको हो। सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घरमा पहिरो खस्दा घर भित्रबाट ४ वटा शव फेला पारेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी शैलेन्द्र थापाले जानकारी दिए। क्षेत्रीको घरबाट उद्धार गरेर उपचारको लागि लैजाँदै गर्दा १ जनाको बाटोमा नै मत्यु भएको छ।

त्यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका पाँच जना बेपत्ता भएको सशस्त्र प्रहरीका सूचना अधिकारी डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसहित बेपत्ता भएकी छन्।

त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन्।

देउमाई नपा ५ धारे १ जना मृत्यु भएका छ भने देउमाई नगरपालिका ५ धुसुनेमा दुई जना जनाको मृत्यु भएको छ।

त्यस्तै फाकफोकथुम गाउँपालिका ३ रातमाटे १ जना मृत्यु भएको छ। इलाम नगरपालिका ५ ‍घोसगाउ ६ जना मृत्यु भएको छ।

पहिरो गएको क्षेत्र ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना