‘माइतीघर’को भिडियो प्रतियोगितामा कसले जित्यो ५ लाख पुरस्कार ? « Khabarhub

‘माइतीघर’को भिडियो प्रतियोगितामा कसले जित्यो ५ लाख पुरस्कार ?


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’ले दर्शकहरूको राम्रो साथ पाइरहेको छ । रिलिजको पहिलो दिनबाट नै हलमा दर्शकको उच्च चापका साथ व्यापार गरिरहेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’ पनि पाएको छ ।

यो फिल्मको निर्माण टिमले शिर्ष गीतमा भिडियो प्रतियोगिता समेत आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको भिडियो प्रतियोगताका विजेताको नाम घोषणा गरिएको छ ।

फिल्ममा नै विजेताको भिडियो समावेश गरिएको छ । यो गीतमा भिडियो तयार पारेका हजार भन्दा बढीबाट २ जनालाई विजेता घोषणा गरिएको हो । निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट गरेका हुन् । जसमा, दुवै जना विजेता बुटवलका छन् ।

बुटवलका सुरज सिंजाली मगर र वुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समुहले भिडियो प्रतियोगिता जितेका छन् ।
दुई जना विजेताले समान अंक ल्याएका कारण दुवै जनालाई विजेता घोषणा गरिएको निर्माणपक्षले बताएको छ ।

विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा यसको निर्माणपक्षले गरेको थियो । निर्माता अधिकारीले भने–‘यसपटक सुरज सिँजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरूको प्रतिस्पर्धा निकै नै कडा भयो । यसैले, निर्णायक कविराज गहतराजले दुवैलाई विजेता घोषणा गर्नुभएको छ । अब, हामी दुवै समुहलाई जनही साढे २ लाख पुरस्कार दिनेछौँ ।’

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ । बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मको व्यापार सुखद रुपमा अगाडि बढिरहेको छ । निर्माणपक्षले व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १२ : २२ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको