विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता « Khabarhub

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
 
विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । 

इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए ।
 
यसैगरी बाढीपहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ । खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन् । पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १२ : ५१ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका