वायुसेवा निगमले सोमबार भैरहवाबाट उद्धार उडान सञ्चालन गर्ने « Khabarhub

वायुसेवा निगमले सोमबार भैरहवाबाट उद्धार उडान सञ्चालन गर्ने


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुपन्देहीको भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याइने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले जानकारी दिए ।

दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याइने भएको हो ।

वायुसेवा निगमले पनि आजै प्रेस विज्ञप्ति जारी गरी सरकारको विशेष निर्देशनबमोजिम भोलि असोज २० गते उद्धार उडान गरिने जनाएको छ । ‘ए’ ३२० विमानमार्फत काठमाडौँ–भैरहवा–काठमाडौँ उडान हनेछ । ‘आरए’ १७३१ उडानमार्फत दिउँसो १ बजे भैरहवा जाने र उताबाट ‘आरए’ १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौँ फर्किने निगमले जनाएको छ । त्यसका लागि काठमाडौँबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार तोकिएको छ ।

उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । अनलाइन प्रणाली र निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट लिन सकिने निगमले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : १३ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी