पाल्पाको रानीमहल संरक्षणको पर्खाइमा (फोटो फिचर) | Khabarhub Khabarhub

पाल्पाको रानीमहल संरक्षणको पर्खाइमा (फोटो फिचर)


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाइएको रङ्ग उडेर भित्तामा लेउ लाग्न थालेको छ ।

रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा यहाँको सरसफाइ भएको छैन भने भवनको रङ्गरोगन उडेको छ ।

तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको छ । तानसेन नगरपालिकाले गत साउनदेखि कार्तिक १२ गतेसम्म १३ लाख ७० हजार ३ सय राजस्व सङ्कलन गरेको छ ।

घुम्न जाने पर्यटक रानीमहल भित्रै बसेको, प्रहरीले कपडा सुकाएर अशोभनीय कार्य गरेको, फोहोर सफा नगरेको गुनासो स्थानीयले गरेका छन् ।

२०७५ साउनमा पुरातत्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकालाई रानीमहल हस्तान्तरण गरेको छ । दैनिक कम्तीमा ३ सय पर्यटकले रानीमहलको अवलोकन गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ ।

वर्षायामपछि रानीमहलमा कालो धब्बा देखिँदै आएको तर विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रङ्गरोगन गर्न ढिलाई भएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए ।

सन् १९५० मा निर्माण सुरु भएर १९५४ मा निर्माण कार्य सम्पन्न भएको ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीमहललाई प्रेमका प्रतीकका रुपमा चिनिन्छ ।

तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमा युनानी शैलीमा रानीमहल दरबार निर्माण गरेका हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : २० बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड