मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन « Khabarhub

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको निधन भएको छ । 

दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो ।

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । 

सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो । उद्धारकर्ताहरूले घण्टौँसम्मको अथक प्रयासपछि उक्त कोचलाई भुईँमा ल्याई फलाम काट्ने यन्त्रको सहयोगले भित्र अड्किएका शवहरू निकाल्न सफल भएका थिए । उनका अनुसार थप तीन जना यात्रुका शव त्यहीँ फेला परेका थिए ।

बुधबार बिहानसम्म उद्धार कार्य सकिएको र दुर्घटनास्थल हुँदै रेल आवागमन पुनः सुरु गरिएको अधिकारी अग्रवालले बताए । उनका अनुसार मृतकमध्ये यात्रु रेलका लोकोमोटिभ चालक पनि छन् भने गम्भीर रूपमा घाइते सह–पाइलट महिलाको निजी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा करिब २० जना यात्रु घाइते भएको प्रारम्भिक विवरणमा जनाइएको छ । सबैलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ ।

भारतीय रेल प्रशासनले एक विज्ञप्ति जारी गर्दै घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु भएको जनाएको छ । साथै, मृतक र घाइतेका परिवारजनलाई आर्थिक सहयोग प्रदान गरिने प्रतिबद्धता पनि जनाएको छ ।

छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

भारतमा यस्ता रेल दुर्घटनाहरू दुर्भाग्यवश असामान्य होइनन् । देशभर १४ हजार रेलमार्गमार्फत दैनिक करिब एक करोड २० लाखभन्दा बढी यात्रु ६४ हजार किलोमिटर लामो ट्र्याक सञ्जालमा यात्रा गर्छन् ।

 रेल सुरक्षा सुधारका लागि सरकारको निरन्तर प्रयास भइरहे पनि प्रत्येक वर्ष सयौँ दुर्घटनाहरू हुने गरेका छन्, जसका कारण प्रायः मानव त्रुटि वा पुरानो सङ्केत प्रणालीलाई जिम्मेवार ठानिन्छ ।

सन् २०२३ मा भारतको पूर्वी भागमा भएको भीषण रेल दुर्घटनामा २८० भन्दा बढी यात्रुले ज्यान गुमाएका थिए । यो देशको इतिहासमै सबैभन्दा भयावह रेल दुर्घटनामध्ये एक मानिन्छ । रासस

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : ०४ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका