निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय « Khabarhub

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ । कार्यालयले मतदाता नामावली दर्ता, त्रुटी सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ ।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले निर्वाचनको तयारीका लागि आन्तरिक कामहरूलाई तीव्ररूपमा सञ्चालन गरिएको जानकारी दिए । लम्सालले जिल्लाभित्र रहेका मतदान केन्द्र, मतदान स्थल थपघट गर्नुपर्ने भएमा त्यसका लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले कुनै पनि वडामा मतदान केन्द्रमा थप गर्नुपर्ने, मतदाता सार्नुपर्ने भएमा वडामा रहेको वडा मतदान स्थल तथा मतदान केन्द्रको सिफारिसमार्फत् कार्य अगाडी बढाउने निर्णय गरेको छ ।”

तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । विसं २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार नौ सय १५ जना रहेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि फोटो सहितको मतदाता नामावली दर्ताको काम समेत भइरहेको छ । आगामी कात्तिक २० गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार गत असोज ९ गतेदेखि मङ्गलबारसम्म चार सय ५७ पुरुष र तीन सय आठ जना महिलाले नामावली दर्ता गराएका छन् । कार्यालयमा नामावली दर्तासँगै ठाउँसारीको काम समेत भइरहेको छ ।

तनहुँभित्रै एउटा वडाबाट अर्को वडा, एक पालिकाबाट अर्को पालिका र तनहुँबाट बाहिरी जिल्लामा ठाउँसारीका लागि निवेदन दिनेको सङ्ख्या दुई सय ३८ जना रहेको लम्सालले बताए । तनहुँबाट विशेषगरी चितवन र काठमाडौ ठाउँसारी गर्नेहरू बढी छन् । यस्तै नामावलीमा त्रुटी भएका ६९ जनाले त्रुटी सच्याउनका लागि निवेदन दिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : २८ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा