खेलकुदमन्त्रीले भने- युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउँछु « Khabarhub

खेलकुदमन्त्रीले भने- युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउँछु


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् । 

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रममा मन्त्री गुप्ताले आफ्नो मन्त्रालय अन्तर्गत खेलकुदका साथै युवा समेत रहेकाले युवाहरूलाई केन्द्रीय गरेर उनीहरूको मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउने बताएका हुन् ।

उनले सडक दुर्घटना न्यूनीकरणका लागि सीमित स्रोतका बाबजुद आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए ।

मन्त्री गुप्ताले ट्राफिक प्रहरीप्रति र ट्राफिक प्रहरीले अरूप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक रुपमा अघि बढाउन बसे सडक दुर्घटना न्यूनीकरण गर्न सकिनेमा जोड दिए । 

स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि हरेक वर्ष डिसेम्बर ५ तारिकका दिन मनाउन थालिएको हो । 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : २४ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा