रामेछापको सुनापति पुगेर कुलमानको घोषणा : मैले देशकै नेतृत्व लिने तयारी गर्दैछु « Khabarhub

रामेछापको सुनापति पुगेर कुलमानको घोषणा : मैले देशकै नेतृत्व लिने तयारी गर्दैछु


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफू देशकै नेतृत्व लिने गरी तयारीमा लागेको बताएका छन् ।

रामेछापको सुनापति गाउँपालिकामा आयोजित पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जासहित तीनवटा मन्त्रालय सम्हालिरहेका घिसिङले यस्तो बताएका हु् ।

उनले देश बनाउनको लागि आफूले उज्यालो नेपाल पार्टी दर्ता गरेको भन्दै आफूलाई सहयोग गर्न पनि अपील गरे ।

घिसिङले देशलाई उज्यालो बनाउन आफू नेतृत्वमा पुग्नु पर्ने भन्दै त्यसको लागि आफ्नो पार्टीको पक्षमा सहयोग गर्न आह्वान गरेका छन् ।

आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएकोले आगामी सरकारको नेतृत्व दिन सक्ने व्यक्ति आफू भएको पनि उनले दाबी गरे । ‘परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको छ’, उनले भने ।

आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै अब देशको नेतृत्व गर्न आवश्यक रहेको उनले बताए । ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईंहरूको साथ सहयोग आवश्यक छ’, उनले भने, ‘सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईंहरूलाई आग्रह गर्दछु ।’

उनले देशको नेतृत्व नगरेसम्म एउटा क्षेत्र मात्रै राम्रो बनाएर नहुने पनि बताए । घिसिङ त्यसरी रामेछाप पुग्दा सरकारी साधन स्रोतको दुरुपयोग गर्दै आफ्नो पार्टीको पक्षमा भोट मागेको आरोप पनि लागेको छ।

घिसिङले पालिकाको मञ्चबाटै आफूले घोषणा गरेको उज्यालो नेपाल पार्टीको पक्षमा प्रचार गरे । उनले देशभर नै बिजुलीको उज्यालो आफूले पुर्‍याएको दाबी गसहित रोजगारी, सुशासन र नागरिक हितको लागि काम गर्न देशभरबाट योग्य मानिसलाई चुन्न पनि आग्रह गरे ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै