रामेछापको सुनापति पुगेर कुलमानको घोषणा : मैले देशकै नेतृत्व लिने तयारी गर्दैछु « Khabarhub

रामेछापको सुनापति पुगेर कुलमानको घोषणा : मैले देशकै नेतृत्व लिने तयारी गर्दैछु


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफू देशकै नेतृत्व लिने गरी तयारीमा लागेको बताएका छन् ।

रामेछापको सुनापति गाउँपालिकामा आयोजित पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जासहित तीनवटा मन्त्रालय सम्हालिरहेका घिसिङले यस्तो बताएका हु् ।

उनले देश बनाउनको लागि आफूले उज्यालो नेपाल पार्टी दर्ता गरेको भन्दै आफूलाई सहयोग गर्न पनि अपील गरे ।

घिसिङले देशलाई उज्यालो बनाउन आफू नेतृत्वमा पुग्नु पर्ने भन्दै त्यसको लागि आफ्नो पार्टीको पक्षमा सहयोग गर्न आह्वान गरेका छन् ।

आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएकोले आगामी सरकारको नेतृत्व दिन सक्ने व्यक्ति आफू भएको पनि उनले दाबी गरे । ‘परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको छ’, उनले भने ।

आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै अब देशको नेतृत्व गर्न आवश्यक रहेको उनले बताए । ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईंहरूको साथ सहयोग आवश्यक छ’, उनले भने, ‘सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईंहरूलाई आग्रह गर्दछु ।’

उनले देशको नेतृत्व नगरेसम्म एउटा क्षेत्र मात्रै राम्रो बनाएर नहुने पनि बताए । घिसिङ त्यसरी रामेछाप पुग्दा सरकारी साधन स्रोतको दुरुपयोग गर्दै आफ्नो पार्टीको पक्षमा भोट मागेको आरोप पनि लागेको छ।

घिसिङले पालिकाको मञ्चबाटै आफूले घोषणा गरेको उज्यालो नेपाल पार्टीको पक्षमा प्रचार गरे । उनले देशभर नै बिजुलीको उज्यालो आफूले पुर्‍याएको दाबी गसहित रोजगारी, सुशासन र नागरिक हितको लागि काम गर्न देशभरबाट योग्य मानिसलाई चुन्न पनि आग्रह गरे ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : २४ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी