आज २०८१ साल पुस २२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस २२ गते सोमबारको राशिफल


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८१ साल पुस २२ गते सोमबार तदनुसार सन् २०२५ जनवरी ६ तारिख । पुस शुक्ल पक्षको सप्तमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नु राम्रो हुनेछ । विदेशको रमझमले मन आकर्षित गर्नेछ । विदेशमा लगानी गरेको भए फाइदा हुनेछ । मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृष : बोल्दा सचेत बन्नुपर्ने दिन छ । विवाद गर्दा घाटा हुनेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँग तर्क गर्दा प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ। काम गर्नु अगाडि सोचेर सुरुवात गर्नुहोला ।

मिथुन : शिक्षा क्षेत्रमा तपाईंको काममाथि प्रश्न उठ्नेछ । व्यापारमा लगानी थप गर्नुपर्ने समय छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्दा मन उदास हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । गोपनीयता भंग गर्दा घाटा हुने योग छ ।

कर्कट : साथीले असहयोग गर्नेछन् । सहकर्मीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक व्यक्तिबाट भने असहयोग हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

सिंह : दिन सामान्य छ । इज्जत जोगाउनका लागि धन खर्च गर्नुपर्नेछ । साथीभाइबाट असहयोग हुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कन्या : तपाईंको बोलीले अरुलाई फाइदा हुनेछ । बोल्दा विवेक पुर्याउनु पर्ने दिन छ । चिसोबाट बच्नुपर्ने समय छ । सरकारी कर्मचारी भए बढुवा हुनेछ । शिक्षामा समस्या देखिए पनि परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुला : आफन्तले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन् । स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : भाग्यको उदय हुनेछ । आजको निर्णयले दीर्घकालसम्म काम दिनेछ । निर्णय गर्दा गम्भीर बन्नुपर्ने समय छ । शनिदेवको प्रभावलाई रोक्न बिहान पिपलको दर्शन गर्नु राम्रो हुनेछ । शिक्षामा गरेको प्रयासले बौद्धिक व्यक्तिसँग भेट हुनेछ । आम्दानीका दृष्टिले दिन सहज छ ।

धनु : साथीले संगत छोड्ने जोखिम छ । विश्वास गरेका साथीबाट असहयोग हुने भएकाले गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । साना कुराले मन अशान्त बन्नसक्छ । शास्त्रको अध्ययन गर्नु आवश्यक देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ । सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँग गरेको सहकार्यबाट फाइदा हुनेछ शिक्षाको क्षेत्रमा आलाश्यता बढ्नेछ । स्वास्थ्यमा समस्या हुने भएकाले चिसोबाट बच्नुपर्ने समय छ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

कुम्भ : मन अशान्त बन्नेछ । साना कुरामा झन्झट बढ्नेछ । रोगबाट बच्न सचेत बन्नुपर्नेछ । औषधी नियमित गर्नुपर्ने समय आएको छ । विपक्षी दलका साथी शान्त भएकाले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ ।

मीन : मन शान्त बन्नेछ । व्यवहार गर्दा विवेक प्रयोग गर्नुपर्नेछ । रुपको घमण्डले शिक्षामा घाटा हुनेछ । बोली र व्यवहारमा एकरुपता हुनसके दिन सहज बन्नेछ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : १४ बजे

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक

एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको