आज २०८१ साल पुस २२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस २२ गते सोमबारको राशिफल


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८१ साल पुस २२ गते सोमबार तदनुसार सन् २०२५ जनवरी ६ तारिख । पुस शुक्ल पक्षको सप्तमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नु राम्रो हुनेछ । विदेशको रमझमले मन आकर्षित गर्नेछ । विदेशमा लगानी गरेको भए फाइदा हुनेछ । मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृष : बोल्दा सचेत बन्नुपर्ने दिन छ । विवाद गर्दा घाटा हुनेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँग तर्क गर्दा प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ। काम गर्नु अगाडि सोचेर सुरुवात गर्नुहोला ।

मिथुन : शिक्षा क्षेत्रमा तपाईंको काममाथि प्रश्न उठ्नेछ । व्यापारमा लगानी थप गर्नुपर्ने समय छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्दा मन उदास हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । गोपनीयता भंग गर्दा घाटा हुने योग छ ।

कर्कट : साथीले असहयोग गर्नेछन् । सहकर्मीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक व्यक्तिबाट भने असहयोग हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

सिंह : दिन सामान्य छ । इज्जत जोगाउनका लागि धन खर्च गर्नुपर्नेछ । साथीभाइबाट असहयोग हुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कन्या : तपाईंको बोलीले अरुलाई फाइदा हुनेछ । बोल्दा विवेक पुर्याउनु पर्ने दिन छ । चिसोबाट बच्नुपर्ने समय छ । सरकारी कर्मचारी भए बढुवा हुनेछ । शिक्षामा समस्या देखिए पनि परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुला : आफन्तले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन् । स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : भाग्यको उदय हुनेछ । आजको निर्णयले दीर्घकालसम्म काम दिनेछ । निर्णय गर्दा गम्भीर बन्नुपर्ने समय छ । शनिदेवको प्रभावलाई रोक्न बिहान पिपलको दर्शन गर्नु राम्रो हुनेछ । शिक्षामा गरेको प्रयासले बौद्धिक व्यक्तिसँग भेट हुनेछ । आम्दानीका दृष्टिले दिन सहज छ ।

धनु : साथीले संगत छोड्ने जोखिम छ । विश्वास गरेका साथीबाट असहयोग हुने भएकाले गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । साना कुराले मन अशान्त बन्नसक्छ । शास्त्रको अध्ययन गर्नु आवश्यक देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ । सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँग गरेको सहकार्यबाट फाइदा हुनेछ शिक्षाको क्षेत्रमा आलाश्यता बढ्नेछ । स्वास्थ्यमा समस्या हुने भएकाले चिसोबाट बच्नुपर्ने समय छ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

कुम्भ : मन अशान्त बन्नेछ । साना कुरामा झन्झट बढ्नेछ । रोगबाट बच्न सचेत बन्नुपर्नेछ । औषधी नियमित गर्नुपर्ने समय आएको छ । विपक्षी दलका साथी शान्त भएकाले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ ।

मीन : मन शान्त बन्नेछ । व्यवहार गर्दा विवेक प्रयोग गर्नुपर्नेछ । रुपको घमण्डले शिक्षामा घाटा हुनेछ । बोली र व्यवहारमा एकरुपता हुनसके दिन सहज बन्नेछ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : १४ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र