आफ्नो हरर फिल्ममा दर्शक नतर्सेर प्रियंकालाई ट्रमा « Khabarhub

आफ्नो हरर फिल्ममा दर्शक नतर्सेर प्रियंकालाई ट्रमा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रियंका कार्कीको अभिनय रहेको फिल्म ‘ममी’ प्रदर्शनको संघारमा छ । माघ २५ देखि प्रदर्शनमा आउने यस हरर जनराको फिल्मको केन्द्रीय पात्रमा उनी छन् ।

प्रियंकाको यो पहिलो हरर फिल्म होइन । उनले ‘ची मुसी ची’ र ‘माला’ जस्ता हरर फिल्ममा अभिनय गरेकी छन् । उनले एक हरर सर्ट फिल्म ‘किचकंडी’मा पनि अभिनय गरेकी छन् ।

प्रियंका आफ्ना हरर फिल्म प्रति खासै सन्तुष्टि रहिनछिन् । आफ्ना हरर फिल्म हेर्दा आफैँलाई डर नलागेको घटना पनि उनीसँग रहेछन् ।

आफ्ना हरर फिल्मबारे प्रियंका आफैँ भन्छिन्, ‘मैले धेरै हरर फिल्ममा अभिनय गरेँ । अनि ती फिल्म हलमा हेर्दा मलाई नै डर लाग्दैन थियो ।’

नायिका प्रियंका कार्की, निर्देशक तथा कलाकार सुलक्षण भारती (बीचमा) र ‘ममी’का निर्देशक समर निरौला

कमलादीमा सोमबार आयोजित ‘ममी’को गीत सार्वजनिक कार्यक्रममा प्रियंकाले आफ्ना हरर फिल्मबाट दर्शक नतर्सिएको भन्दै आत्मआलोचना गरिन् । जसले आफ्नो प्रतिष्ठा नै खराब हुन लागेको महसुस भएको उनले खुलाइन् ।

भनिन्, ‘हरर फिल्म दर्शकलाई डर पैदा गर्नसक्नुपर्छ । मैले हरर फिल्म खेल्ने तर दर्शक नै नतर्सिने । मेरो प्रतिष्ठा नै खराब हुन लागिसक्यो ।’ यद्यपि उनी आफ्नो उत्कृष्ट हरर फिल्म ‘माला’ मान्छिन् ।

कलाकारको रुपमा आफूले शतप्रतिशत दिँदा पनि ती फिल्म सफल नभएको उनको तर्क छ । भन्छिन्, ‘प्रायः फिल्महरूको स्क्रिप्ट एकदमै राम्रो हुन्छ । फ्लोरमा गएपछि चिप्लिने हो । स्क्रिप्टको ३० प्रतिशत पनि पर्दामा उत्रदैन । बजेटका कारण छायाङ्कनमा सम्झौता, ब्याकग्राउन्डमा साउन्ड र भीएफएक्सका हामी चुक्दा फिल्म बिग्रिएको मलाई महसुस भएको छ ।’

यीनै कुरालाई आफूलाई हरर फिल्मप्रति ‘ट्रमा’ हुने प्रियंकाले सुनाइन् ।

उनले अगाडि भनिन्, ‘यिनै कुराले मलाई दर्शक तर्सिने खालको हरर फिल्म खेल्नुपर्छ भन्ने लागेको थियो ।’

‘ममी’ फिल्ममा आफ्ना विगतको फिल्मको कमजोरी नदोहोर्‍याउन निर्देशक सरम निरौलालाई झक्झक्याएको समेत प्रियंकाले सुनाइन् । भनिन्, ‘मैले समरलाई राउन्ड र भीएफएक्समा राम्रो हुनुपर्छ है भनेर भनिरहेकै छु ।’

डराउनुपर्ने दृश्यमा दर्शक नहाँसुन् भनेर समेत निर्देशकलाई सजग गराएको समेत उनले सुनाइन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ५६ बजे

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले