जसपा नेपाल संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे निर्णय लिने « Khabarhub

जसपा नेपाल संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे निर्णय लिने


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

बैठकले सरकारले ल्याएको अध्यादेशमा समर्थन गर्ने वा विपक्षमा रहने भन्नेबारे निर्णय लिने यादवको भनाइ छ । 

अध्यादेशबारे अध्ययन गर्न जसपा नेपालले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति समेत रहेका यादवको नेतृत्वमा कार्यदल बनाएर मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको छ ।

कार्यदलले तयार गरेको प्रतिवेदन दलको आज बस्ने बैठकमा पेस गर्ने तयारी छ । संसदीय दलमा बुझाएपछि प्रतिवेदन सार्वजनिक गरिने यादवले बताए ।

सरकारले ल्याएका अध्यादेश प्रतिनिधिसभाबाट सजिलै पारित हुने अवस्था रहे पनि राष्ट्रियसभामा निर्णायक रहेको जसपा नेपालको समर्थन जरुरी छ ।

५९ सदस्य रहेको राष्ट्रियसभामा अध्यादेश पारित गर्नका लागि ३० सांसदको समर्थन आवश्यक पर्दछ । राष्ट्रियसभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत १ र लोसपाका १ गरी २८ सांसद छन् । यस्तै, विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् । ३ सदस्य रहेको जसपा निर्णायक रहेको छ । राष्ट्रियसभामा मनोनीत वामदेव गौतमले यसबारेमा केही खुलाएका छैनन् ।

आज प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ८ : ४१ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित