जसपा नेपाल संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे निर्णय लिने « Khabarhub

जसपा नेपाल संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे निर्णय लिने


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

बैठकले सरकारले ल्याएको अध्यादेशमा समर्थन गर्ने वा विपक्षमा रहने भन्नेबारे निर्णय लिने यादवको भनाइ छ । 

अध्यादेशबारे अध्ययन गर्न जसपा नेपालले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति समेत रहेका यादवको नेतृत्वमा कार्यदल बनाएर मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको छ ।

कार्यदलले तयार गरेको प्रतिवेदन दलको आज बस्ने बैठकमा पेस गर्ने तयारी छ । संसदीय दलमा बुझाएपछि प्रतिवेदन सार्वजनिक गरिने यादवले बताए ।

सरकारले ल्याएका अध्यादेश प्रतिनिधिसभाबाट सजिलै पारित हुने अवस्था रहे पनि राष्ट्रियसभामा निर्णायक रहेको जसपा नेपालको समर्थन जरुरी छ ।

५९ सदस्य रहेको राष्ट्रियसभामा अध्यादेश पारित गर्नका लागि ३० सांसदको समर्थन आवश्यक पर्दछ । राष्ट्रियसभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत १ र लोसपाका १ गरी २८ सांसद छन् । यस्तै, विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् । ३ सदस्य रहेको जसपा निर्णायक रहेको छ । राष्ट्रियसभामा मनोनीत वामदेव गौतमले यसबारेमा केही खुलाएका छैनन् ।

आज प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ८ : ४१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र