पाथीभरा, आशिका र सामाजिक सञ्जाल विधेयकमा सरकारलाई एकसाथ घेरे प्रचण्डले
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न प्रकरण कोट्याउँदै सरकारलाई घेर्ने कोशिश गरेका छन् ।
उनले बिहीबार प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश भन्दै घेर्ने कोशिश गरेका हुन् । उनले सरकारले निरंकुश सोँचका साथ सामाजिक सञ्जाल विधेयक ल्याइएको आरोप पनि लगाए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले बैठकमा सामाजिक अभियन्ता भनिएकी आशिका तामाङलाई हतकडी लगाएर काठमाडौं र भक्तपुर घुमाइएको प्रसंग पनि निकालेका छन् ।
त्यसैगरी पाथीभरामा केबलकार निर्माणका लागि गोली हानेर स्थानीयलाई दमन गरिएको पनि उनले आरोप लगाएका छन् ।
कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन्
फेल हुने भएपछि रोकियो सरकार, बिहीबार दुवै सदनमा अध्यादेश नलैजाने
संसद्मा गृहमन्त्रीको प्रस्टीकरण- म जातीय विभेद र छुवाछुतविरुद्ध छु
सदनमा प्रचण्डले खोजे प्रधानमन्त्री ओली, देउवा भने टुप्लुक्क आइपुगे
वर्तमान सरकारले जनताका अपेक्षा पुरा गर्नसक्छ : डा. महत
ओलीबारे प्रचण्ड- आफैँले आफूलाई सफल घोषणा गरेर संसद् र जनता झुक्क्याउने दिन गए
भूमिसम्बन्धी अध्यादेश माफिया पोस्न ल्याइयो, सरकारको नियतमै खोट छ : प्रचण्ड
प्रचण्डले कांग्रेस नेताहरूलाई सोधे-हामीसँग मिल्दा गठबन्धन पाप हो भन्ने अहिले कता हुनु हुन्छ ?
राष्ट्रियसभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ पेस
राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१” पेस गरिएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उक्त विधेयक पेस गर्दै जैविक वा निर्जीव वस्तु प्रमाण, कुनै लिखत मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित वस्तुलाई वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्धारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गर्न आवश्यक भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्न आवश्यक रहेको बताए।
न्याय सम्पादनमा सहयोग पुर्याउन र विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि पनि सो विधेयक आवश्यक रहेको उनको भनाइ छ ।
राष्ट्रियसभा : पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस
गगनले मागे भूकम्प र बाढीपीडितलाई राहत र पुनर्निमार्णबारे सरकारसँग जानकारी
प्रचण्डको प्रश्न-सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?
चित्रबहादुरको प्रश्न- समयमा संसद् नबोलाई अध्यादेशबाट सरकार चलाउने यही हो लोकतन्त्र ?
१६७ अर्बले घट्यो बजेट आकार, अर्थमन्त्री पौडेल बने रक्षात्मक
अध्यादेश पास गर्न उपेन्द्रले खोजे गृह र स्वास्थ्य मन्त्रालयमध्ये एक, विकल्पमा मधेशको मुख्यमन्त्री
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
गत पुसमा जारी गरिएका ६ वटा अध्यादेश पारितका लागि सरकार रस्साकस्सीमा रहेका बेला यादवले सांसद राजकिशोर यादवसहित पुगेर दुई नेतालाई भेटेका हुन् ।
भेटका क्रममा पुसमा जारी गरिएका ६ वटा अध्यादेशका सन्दर्भमा कुराकानी भएको यादवनिकट एक नेताले बताएका छन् ।
यादवले भूमिसम्बन्धी अध्यादेश, सञ्चार तथा सूचना प्रविधिसम्बन्धी र अन्य केही अध्यादेशमा संशोधन गर्नुपर्ने अडान दुई नेतासँग राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक नेताका अनुसार यादवले भेटमा प्रधानमन्त्री र कांग्रेस सभापतिलाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालय मध्ये एक मागेको दाबी गरेका छन् ।
यदि यी दुईमध्ये एक मन्त्रालय नदिने भए मधेस प्रदेशको मुख्यमन्त्री मागेको प्रधानमन्त्री ओलीनिकट ती नेताले बताएका छन् । अहिले मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गरिरहेको छ ।
सदनमा जनसरोकारका विषय उठाउने कांग्रेसको प्रतिबद्धता
प्रतिनिधिसभामा रविको सांसद पद निलम्बन फुकुवाको माग
संसदमा सुमनाको आग्रह- पैलेरै विधेयक अघि बढाउने काम नगरौँ
कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू
भक्तपुर पुगेर बेलायतका अधिराजकुमारले काठमा बुट्टा खोप्न थालेपछि‘
रविलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश
सहारा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।
बिहीबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई उक्त रकम बराबरको धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । बुधबार थुनछेक बहस नसकिएपछि हिरासतमा पठाइएका रवि धरौटी बुझाएमा बिहीबार नै रिहा हुनेछन् ।
सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध मंगलबार मुद्दा दायर भएको थियो।
उक्त सहकारीको बचत अपचलन प्रकरणमा ठगीको मुद्दा दर्ता भएपछि लामिछाने बुधबार नै अदालतमा हाजिर भएका थिए रविसहित उनका साझेदारविरुद्ध मंगलबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा लगेको थियो ।
सम्पत्ति विवरण एक लाख १० हजार देखाएका रविको धरौटी पुग्यो पौने तीन करोड
सुरक्षण उपकरण किन्दा घुस – सुनील पौडललाई अर्को भ्रष्टाचार मुद्दा, भारतीय नागरिक दीपक आनन्द पनि तानिए
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
रविमाथिको थुनछेक बहस आज पनि जारी रहने
चितवनमा रवि लामिछानेमाथिको थुनछेक बहस जारी
गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको आदेश
इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना तयार गर्न आदेश दिएको बताएका छन्।
‘मैले आइडिएफ (सेना) लाई गाजाका बासिन्दाहरूलाई स्वेच्छिक प्रस्थान गर्न सक्षम बनाउने योजना तयार गर्न निर्देशन दिएको छु’, उनले एक विज्ञप्तिमा भने ।
उनी सेनालाई ‘कुनै पनि गाजाका बासिन्दालाई स्वीकार गर्न इच्छुक कुनै पनि देशमा जान चाहने जो कोहीलाई पनि त्यसो गर्न दिने’ तयारी गर्न भनेको स्पष्ट पारे।
‘यस योजनामा भूमि नाकाहरू मार्फत बाहिरिने विकल्पहरूका साथै समुद्र र हवाई मार्गबाट प्रस्थानका लागि विशेष व्यवस्थाहरू समावेश हुनेछन्’, काट्जले भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजा पट्टी कब्जा गर्ने’ योजना जारी गरेपछि यो टिप्पणी आएको हो । ट्रम्पको उक्त टिप्पणीले विश्व नेताहरूको आलोचना र उनको प्रशासनद्वारा ती टिप्पणीहरूलाई फिर्ता लिने प्रयासहरू निम्त्याएको थियो ।
अमेरिकाद्वारा पनामा नहरमा निःशुल्क आवागमनको दाबी
अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ
ट्रम्पको गाजा नियन्त्रण प्रस्तावले विश्व विभाजित : राष्ट्रसंघका महासचिवले गरे विरोध
उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते
प्रतिक्रिया