अध्यादेशबारे देश र जनताको हितमा निर्णय लिन्छौं : जसपा « Khabarhub

अध्यादेशबारे देश र जनताको हितमा निर्णय लिन्छौं : जसपा


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे सुझाव कार्यदलले दिएको प्रतिवेदनमा अध्ययन जारी रहेकाे बताएका छन् ।

जसपा नेपालले अध्यादेशबारे अध्ययन गर्न गठन गरेको कार्यदलले अध्यक्ष यादवलाई यसअघि नै प्रतिवेदन बुझाएको थियो । अध्यक्ष यादवका नीजि सचिव महेश चौरसियाले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै उक्त प्रतिवेदनमाथि अध्ययन जारी रहेको बताएका हुन् ।

साथै अध्यादेशको सम्बन्धमा जसपा नेपाललाई जोडेर विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा आएका गलत समाचारको पछि नलाग्न समेत विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

‘अध्यादेशको सम्बन्धमा जसपा नेपाललाई जोडेर विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा अतिरञ्जित, मनगढन्ते र प्रायोजित ढंगले आइरहेका समाचार र सूचनाहरु आधारहीन, तथ्यहीन र भ्रामक रहेकोले त्यस्ता गलत र गैरजिम्मेबार सूचना र समाचारको पछि नलाग्न हुन आमजनता, पार्टीपंक्ति र संचारमाध्यमलाई हार्दिक अनुरोध गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ८ : २४ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग