अध्यादेशबारे देश र जनताको हितमा निर्णय लिन्छौं : जसपा « Khabarhub

अध्यादेशबारे देश र जनताको हितमा निर्णय लिन्छौं : जसपा


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे सुझाव कार्यदलले दिएको प्रतिवेदनमा अध्ययन जारी रहेकाे बताएका छन् ।

जसपा नेपालले अध्यादेशबारे अध्ययन गर्न गठन गरेको कार्यदलले अध्यक्ष यादवलाई यसअघि नै प्रतिवेदन बुझाएको थियो । अध्यक्ष यादवका नीजि सचिव महेश चौरसियाले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै उक्त प्रतिवेदनमाथि अध्ययन जारी रहेको बताएका हुन् ।

साथै अध्यादेशको सम्बन्धमा जसपा नेपाललाई जोडेर विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा आएका गलत समाचारको पछि नलाग्न समेत विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

‘अध्यादेशको सम्बन्धमा जसपा नेपाललाई जोडेर विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा अतिरञ्जित, मनगढन्ते र प्रायोजित ढंगले आइरहेका समाचार र सूचनाहरु आधारहीन, तथ्यहीन र भ्रामक रहेकोले त्यस्ता गलत र गैरजिम्मेबार सूचना र समाचारको पछि नलाग्न हुन आमजनता, पार्टीपंक्ति र संचारमाध्यमलाई हार्दिक अनुरोध गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ८ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र