शिक्षकपछि स्वास्थ्यकर्मी सडकमा, पाउँदैनन् न्यूनतम् पनि तलब (तस्बिरहरू) « Khabarhub

शिक्षकपछि स्वास्थ्यकर्मी सडकमा, पाउँदैनन् न्यूनतम् पनि तलब (तस्बिरहरू)


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको विगत हेर्ने हो भने चैत महिना आन्दोलनका लागि उपयुक्त समय हो ।

अहिले पनि यही चैत महिनामा एकपछि अर्का पेशागत समूह र दलहरू सडकमा छन् ।

चैत १५ गते राजावादीहरूले आन्दोलन गर्दा दुईजनाले काठमाडौंको तीनकुनेमा ज्यानै गुमाए । त्यही दिन माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको विरोध सभा भृकुटीमण्डपमा शान्तिपूर्ण रुपमा सकियो ।

राजावादीको आन्दोलन नसेलाउँदै चार दिनयता देशभरका शिक्षकहरू कानुन मान्दै आन्दोलनमा छन् । सोमबार उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरको सडकमा सिठ्ठी बजाउँदै प्रदर्शन गरे ।

उनीहरूको प्रदर्शन जारी रहँदै गर्दा माइतीघरमण्डलमा स्वास्थ्यकर्मीको पोशाकसहित डाक्टर र नर्स देखिए ।

मन्त्रिपरिषद्‍बाट पारित भएको न्यूनतम् तलब ४८ हजार नदिई १९५०० मात्रै दिएर श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित भएकाभ हुन् ।

श्रम शोषणविरुद्ध नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरू माइतीघरमा उत्रिएका हुन् । उनीहरूले कलेजबाट न्यूनतम् तलबसमेत नदिएर श्रमशोषण गरिरहँदा पनि सरकारी निकाय मौन बसेको गुनासो गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  २ : ०३ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल