पुर्खाको चिनोस्वरूप अमूल्य सम्पदाको संरक्षण गर्नुपर्छ : राष्ट्रपति « Khabarhub

पुर्खाको चिनोस्वरूप अमूल्य सम्पदाको संरक्षण गर्नुपर्छ : राष्ट्रपति


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । 

आइतबार ललितपुरको पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरूकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए । 

देशका यस्ता महत्त्वपूर्ण स्थलको संरक्षण र संवर्द्धन गरी पुर्खाको मेहनत, परिश्रम र चिनोको रूपमा रहेका कैयन सम्पदाको संरक्षण साझा दायित्व भएको उनले बताए । 

उनले नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् प्रकृतिको वरदानका रूपमा कैयौँ रमणीय स्थलहरू रहेको उल्लेख गर्दै अनगिन्ती मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थलहरू नेपालीहरूको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताए । 

राष्ट्रपति पौडेलले स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य समेत रहेको मुलुकको सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताए । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उनको भनाई थियो ।  

राष्ट्रपति पौडेलले विनाशकारी गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको पूर्ववत् स्वरूप र संरचनामै पुनर्निर्माण तथा जीर्णोद्धार चुनौतीपूर्ण कार्य हुँदाहुँदै देगुतलेजु मन्दिर पुन निर्माणले पाएको सार्थकताले पाटनको शोभा र सौन्दर्य बढाएको उल्लेख गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  २ : ३५ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम