तीनकुने घटनाबारे माधव नेपालले भने- अराजक व्यक्ति बोकेर राजतन्त्र पुनर्बहाली गर्ने उद्देश्य पुरा हुँदैन « Khabarhub

तीनकुने घटनाबारे माधव नेपालले भने- अराजक व्यक्ति बोकेर राजतन्त्र पुनर्बहाली गर्ने उद्देश्य पुरा हुँदैन


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चैत्र १५ गतेको घटनामा राज्यले आफ्नो पार्टी कार्यालयको उचित सुरक्षा गर्न नसकेको बताएका छन् । 

आइतबार काठमाठौंमा नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी)को बागमती प्रदेश भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेस र एमालेको पार्टी कार्यालयमा पर्याप्त सुरक्षाकर्मी तैनाथ गरे पनि आफ्नो पार्टी कार्यालयलाई भने राज्यले सुरक्षा गर्न नसकेकाले चैत्र १५ गते आगजनी र तोडफोड भएको बताएका हुन् ।

आफ्नो कार्यालयमा तोडफोड गर्दै कम्प्युटर, मोबाइलका साथै फाइनसमेत चोरी भएको उनले बताए ।

उनले चैत्र १५ गतेको घटनामा जोडिएका सबैले जिम्मेवारी लिनुपर्ने र दोषीलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई उचित क्षतिपूर्ति दिन माग गरे ।

अराजक व्यक्ति बोकेर राजतन्त्रलाई पुनर्बहाली गर्ने उद्देश्य पुरा हुन नसक्ने उनले बताए । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  २ : ४० बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको