झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै नवलपरासीका स्थानीय « Khabarhub

झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै नवलपरासीका स्थानीय


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) सुस्ता गाउँपालिका-५ पक्लिहवास्थित नरायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै गएका छन् ।

एक वर्षअघि यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन् ।

यहाँ निर्मित झोलुङ्गे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न थालेको सुस्ता-५ का वडाध्यक्ष प्रभुनाथ यादवले बताए ।

‘यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएको एक वर्ष भएको छ । हालसम्म होमस्टे (घारबास) तथा व्यवस्थित सवारी पार्किङस्थल बनाउन सकेका छैनौँ । स्थानीयले स-साना पसल सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । यसले स्थानीयको आर्थिकस्तर सुधार हुँदै गएको छ’, उनले भने ।

वडाध्यक्ष यादवले आन्तरिक तथा छिमेकीमूलुक भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रबाट र न्यून सङ्ख्यामा अन्य मुलुकबाट पर्यटक यहाँ आउन थालेका बताए ।

दैनिकी एक हजार भन्दा बढी पर्यटक झोलुङ्गे पुल अवलोकन आउन थालेका जनाउँदै उनले स्वरोजगार बनेसँगै स्थानीयको दैनिकी फेरिन थालेको उल्लेख गरे ।

सुस्तामा झोलुङ्गे पुल निर्माणपछि यो क्षेत्र थप आकर्षित हुनुका साथै पर्यटकीय गतिविधि चलायमान बन्दै गएको गाउँपालिकाका अध्यक्ष टेकनाराण उपाध्यायले बताए । हाल स-साना पसल सञ्चालनमार्फत स्थानीयले आम्दानी गरिरहेकाले आगामी दिनमा घरबास सञ्चालन गरी पर्यटकलाई बस्न, खान सहज व्यवस्थापनसहित रोजगारीका नयाँ अवसर सिर्जना गर्ने योजना पालिकाले बनाएको उनको भनाइ छ ।

पश्चिम नवलपरासी तराई–मधेस क्षेत्रमा पर्ने भएकाले भारतबाट नेपाल आउने पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्ने अध्यक्ष उपाध्यायले धारणा राखे । पुलको पूर्व र पश्चिमतर्फ मिठाइका परिकार, खाजा तथा चिया पसल, नदीबाट माछा मारेर ताजा परिकार पकाउने स्टल, व्यवस्थित सवारी पार्किङलगायत व्यवस्था गरेर रोजगारीका अवसर थप्दै जाने उनले बताए । 

‘झोलुङ्गे पुल निर्माण भएपछि सुस्तासहित आसपासका स्थानीय मोटरसाइकलबाट सहजै नरायणी नदी भएर आवागमन गर्न पाएपछि खुसी भएका छन् । पुल हेर्न आउने पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ’, प्रतापपुर गाउँपालिकाका स्थानीय खुरसेद हजामले भने । एक वर्षअघि २३ करोड ६५ लाख ९८ हजार ८०७ रुपैयाँ लागतमा एक हजार ५७१ मिटर लामो उक्त पुल निर्माण भएको थियो । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ३ : ३१ बजे

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट