सडकको फोहोर आफैं उठाउँछन् आन्दोलित शिक्षक (तस्बिरहरू) « Khabarhub

सडकको फोहोर आफैं उठाउँछन् आन्दोलित शिक्षक (तस्बिरहरू)


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुट र ढाका टोपीमा सजिएका एक व्यक्तिले फोहोर टिपिररहेको दृश्य देख्दा जोकोहीलाई अनौठो लाग्न सक्छ । आमरुपमा फोहोर संकलन गर्ने मानिस फोहोरी हुने बुझाइ छ ।

तर, विगत चार दिनदेखि काठमाडौंमा आन्दोलित शिक्षकहरू एकातिर सरकारलाई दबाब दिइरहेका छन् भने अर्कातिर सडकमा फ्याँकिएको फोहोर आफैं टिपेर सचेतना पनि फैल्याइरहेका छन् ।

आइतबार पनि बबरमहलको सडकमा कोट पाइन्टमा सजिएका शिक्षक र कुर्ता सुरुवालमा सजिएका शिक्षिकाहरू धमाधम फोहोर टिपिरहेका थिए । शिक्षकहरूले आन्दोलनसँगै सचेतना सन्देश पनि दिने गरी सडकमा आफूले गरेको फोहोर आफैं संकलन गरिरहेका छन् ।

चैत्र २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आइतबार पनि जारी रहँदा शिक्षकहरूले सफाइ अभियान पनि चलाएका छन् ।

प्रदर्शनको लागि हरेक दिन ५ हजारभन्दा बढी शिक्षक माइतीघरमण्डलमा भेला भएर बानेश्वर जाने गरेका छन् ।

गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा र भोकले सताइजान्छ । तिर्खा लाग्दा पानी पिएको बोतल जथाभावी फ्याँक्न भएन। त्यसैले उनीहरू एउटा झोलामा राखिरहन्छन् ।

खाजा खाएपछिका प्लास्टिक पनि फोहोर नगरि एउटै झोलामा थुपार्ने गरेका छन । यदि कसैले जथाभावी फोहोर गरे उसलाई सम्झाउँदै दृश्य पनि आन्दोलन मा देख्न सकिन्छ ।

उनीहरूले आन्दोलनमा आएका शिक्षकसँगै पत्रकार , सर्वसाधारण, प्रहरी लगायतलाई बोटबिरुवा भएको ठाउँमा नजान भनिरहेका हुन्छन् ।

हजारौँको उपस्थिति हुँदा पनि बोटविरुवा नमासी, फोहोर नगरि प्रदर्शन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले शिक्षकहरूलाई सामाजिक सञ्जालमार्फत् शिक्षकहईलाई नै दिइसकेका छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 




प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : २९ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै