एमाले सुर्खेतको जनसभा : १० हजार बढी सडकमा उतार्ने « Khabarhub

एमाले सुर्खेतको जनसभा : १० हजार बढी सडकमा उतार्ने


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरमा जनजागरण सभा गर्ने भएको छ ।  त्यसका लागि करिब १० हजार नागरिकलाई सभामा सहभागिता रहने एमाले सुर्खेतले जनाएको हो ।

एमाले सुर्खेतले आइतबार पत्रकार सम्मेलन गदै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनपरिचालन गर्ने उद्देश्यले सभाको आयोजना गरिएको जनाएको छ । 

मंगलगढी चोकबाट र्‍याली सुरु भई पिपल चौतारामा जनजागरण सभाको आयोजना गरिएको सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले बताए । 

राजावादी समूहले राजतन्त्र पुनर्स्थापनाका लागि प्रतिगामी प्रयास गरिरहेको एमाले कर्णाली प्रदेश संयोजक गोरख बोगटीले बताए ।

‘यसबारे जनतालाई सचेत पार्दै उन्नत गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न जनजागरण सभाको आयोजना गरिएको हो,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, स्थायित्व र जनअधिकारको सुदृढीकरणका लागि  एमालेले देशव्यापी जनजागरण अभियान संचालन गरिरहेको छ ।’ 

सरकारमा रहेर पनि आवश्यक पर्दा सडकमा जानुपर्ने अवस्थालाई आत्मसाथ गर्दै एमालेले प्रतिक्रान्तिकारी गतिविधिहरूलाई परास्त गर्ने सङ्कल्प गरेको बोगटीले बताए । 

नेपाली जनताका लागि कुनै पनि प्रकारको निरंकुशता, पश्चगमन र वंशगत आधारमा सामन्तीतन्त्र स्वीकार्य नहुने एमाले केन्द्रीय सदस्य नवराज रावत बताए ।  

‘नेपालको संविधान २०७२ जारी भइसकेपछि जनताका हक अधिकारहरू संस्थागत रूपमा कार्यान्वयन भइरहेको अवस्थामा मुलुकमा फेरि देशी विदेशी शक्तिहरूले गणतन्त्र र संविधान विरोधी प्रतिगामी षडयन्त्रहरू गर्न खोजिरहेका छन्,’ उनले भने,‘यस प्रकारका अराजकता र मुलुकलाई अस्थिर बनाइराख्ने क्रियाकलापका विरुद्ध जनजागरण अभियानमा जुटिरहेका छौँ ।’

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : १९ बजे

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक