संघीयताविरूद्ध जनमोर्चा- सडकमै नाचगान, सडकमै भाषण (तस्बिरहरू) « Khabarhub

संघीयताविरूद्ध जनमोर्चा- सडकमै नाचगान, सडकमै भाषण (तस्बिरहरू)


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आइतबारदेखि संघीय राजधानीकेन्द्रित एक हप्ते आन्दोलन थालेको छ।

आन्दोलनअन्तर्गत आइतबार जनमोर्चाले काठमाडौंको रत्पार्कस्थित शान्ति वाटिकामा प्रदर्शन गरेको छ । त्सक्रममा जनमोर्चानिकट कलाकारहरूले सडकमा नाचगान गरे भने नेतचाहरूले पनि सडकमै भाषण गरे ।

जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजी निम्ति भन्दै चैत २४ देखि ३० गतेसम्म जनपरिचालनसहितको आन्दोलन थालेको हो। त्यसक्रममा आइतबार प्रदर्शनलाई सम्बोधन गर्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई संघीयता घाँडो भइसकेको बताए ।

जनमोर्चाले आन्दोलनका क्रममा प्रत्येक दिन राजधानीका शान्तिबाटिका, चाबहिल चोक, माइतीघर मण्डला, गोंगबु चौक, न्यूरोड (भूगोल पार्क) र भृकुटीमण्डपमा जुलुस, सभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियान चलाइरहेको छ ।

यस्तै प्रत्येक दिन दिउँसो २ बजे हुने कार्यक्रममा प्रमुख वक्ताका रूपमा अध्यक्ष चित्रबहादुर केसी, नेता बोमबहादुर खत्री, महासचिव मनोज भट्ट, नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, सल्लाहकार आनन्द शर्मा तथा उपाध्यक्ष दुर्गा पौडेल लगायतले बोल्ने भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : २९ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ