संघीयताविरूद्ध जनमोर्चा- सडकमै नाचगान, सडकमै भाषण (तस्बिरहरू) | Khabarhub Khabarhub

संघीयताविरूद्ध जनमोर्चा- सडकमै नाचगान, सडकमै भाषण (तस्बिरहरू)


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आइतबारदेखि संघीय राजधानीकेन्द्रित एक हप्ते आन्दोलन थालेको छ।

आन्दोलनअन्तर्गत आइतबार जनमोर्चाले काठमाडौंको रत्पार्कस्थित शान्ति वाटिकामा प्रदर्शन गरेको छ । त्सक्रममा जनमोर्चानिकट कलाकारहरूले सडकमा नाचगान गरे भने नेतचाहरूले पनि सडकमै भाषण गरे ।

जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजी निम्ति भन्दै चैत २४ देखि ३० गतेसम्म जनपरिचालनसहितको आन्दोलन थालेको हो। त्यसक्रममा आइतबार प्रदर्शनलाई सम्बोधन गर्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई संघीयता घाँडो भइसकेको बताए ।

जनमोर्चाले आन्दोलनका क्रममा प्रत्येक दिन राजधानीका शान्तिबाटिका, चाबहिल चोक, माइतीघर मण्डला, गोंगबु चौक, न्यूरोड (भूगोल पार्क) र भृकुटीमण्डपमा जुलुस, सभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियान चलाइरहेको छ ।

यस्तै प्रत्येक दिन दिउँसो २ बजे हुने कार्यक्रममा प्रमुख वक्ताका रूपमा अध्यक्ष चित्रबहादुर केसी, नेता बोमबहादुर खत्री, महासचिव मनोज भट्ट, नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, सल्लाहकार आनन्द शर्मा तथा उपाध्यक्ष दुर्गा पौडेल लगायतले बोल्ने भएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : २९ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

नेपालगञ्ज– नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ ।

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको