जनआन्दोलन दिवसमा भ्रष्टाचारविरुद्ध आम जनताको खबरदारी सभा (तस्बिरहरू) « Khabarhub

जनआन्दोलन दिवसमा भ्रष्टाचारविरुद्ध आम जनताको खबरदारी सभा (तस्बिरहरू)



काठमाडौं : मुलुकमा भ्रष्टाचारको साम्राज्य खडा भएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आरोप लगाएका छन् ।

आइतबार जनान्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘तेस्रो जनआन्दोलन’ सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भएको बताएका हुन् ।

सभामा अध्यक्ष साहले दलका नेतादेखि काठमाडौंका नगर प्रमुखसम्मलाई गाली गरे । उनले नेतालाई राजा बनाउन नेपाली जनता नलडेको भन्दै जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिलाई अहिलेका शासकले बेचेर खाएको आरोप लगाए ।

अध्यक्ष साहले आन्दोलनको बलमा हिजो नेपाली जनताले राणा र राजालाई हटाएको अब भ्रष्ट, दलाल र लुटेरालाई लखेट्ने निश्चित भएको बताए ।

‘लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाइ गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने छन्,’ उनले भने ।

साहले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र साहको विरोध गरे । उनले कवाड व्यवसायमा आवद्धलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको बताए । उनले व्यवसायीमा आतङ्कको वातावरण सिर्जना गरिएको बताए ।

‘काठमाडौंजस्तो सङ्घीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको छ ।’ अध्यक्ष साहले भने ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ६ : ४८ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर