जनआन्दोलन दिवसमा भ्रष्टाचारविरुद्ध आम जनताको खबरदारी सभा (तस्बिरहरू) « Khabarhub

जनआन्दोलन दिवसमा भ्रष्टाचारविरुद्ध आम जनताको खबरदारी सभा (तस्बिरहरू)



काठमाडौं : मुलुकमा भ्रष्टाचारको साम्राज्य खडा भएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आरोप लगाएका छन् ।

आइतबार जनान्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘तेस्रो जनआन्दोलन’ सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भएको बताएका हुन् ।

सभामा अध्यक्ष साहले दलका नेतादेखि काठमाडौंका नगर प्रमुखसम्मलाई गाली गरे । उनले नेतालाई राजा बनाउन नेपाली जनता नलडेको भन्दै जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिलाई अहिलेका शासकले बेचेर खाएको आरोप लगाए ।

अध्यक्ष साहले आन्दोलनको बलमा हिजो नेपाली जनताले राणा र राजालाई हटाएको अब भ्रष्ट, दलाल र लुटेरालाई लखेट्ने निश्चित भएको बताए ।

‘लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाइ गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने छन्,’ उनले भने ।

साहले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र साहको विरोध गरे । उनले कवाड व्यवसायमा आवद्धलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको बताए । उनले व्यवसायीमा आतङ्कको वातावरण सिर्जना गरिएको बताए ।

‘काठमाडौंजस्तो सङ्घीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको छ ।’ अध्यक्ष साहले भने ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ६ : ४८ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल