जनआन्दोलन दिवसमा भ्रष्टाचारविरुद्ध आम जनताको खबरदारी सभा (तस्बिरहरू) « Khabarhub

जनआन्दोलन दिवसमा भ्रष्टाचारविरुद्ध आम जनताको खबरदारी सभा (तस्बिरहरू)



काठमाडौं : मुलुकमा भ्रष्टाचारको साम्राज्य खडा भएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आरोप लगाएका छन् ।

आइतबार जनान्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘तेस्रो जनआन्दोलन’ सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भएको बताएका हुन् ।

सभामा अध्यक्ष साहले दलका नेतादेखि काठमाडौंका नगर प्रमुखसम्मलाई गाली गरे । उनले नेतालाई राजा बनाउन नेपाली जनता नलडेको भन्दै जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिलाई अहिलेका शासकले बेचेर खाएको आरोप लगाए ।

अध्यक्ष साहले आन्दोलनको बलमा हिजो नेपाली जनताले राणा र राजालाई हटाएको अब भ्रष्ट, दलाल र लुटेरालाई लखेट्ने निश्चित भएको बताए ।

‘लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाइ गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने छन्,’ उनले भने ।

साहले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र साहको विरोध गरे । उनले कवाड व्यवसायमा आवद्धलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको बताए । उनले व्यवसायीमा आतङ्कको वातावरण सिर्जना गरिएको बताए ।

‘काठमाडौंजस्तो सङ्घीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको छ ।’ अध्यक्ष साहले भने ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ६ : ४८ बजे

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आलोचना भएपछि ओलीले सच्याउन थाले नाम, कञ्चनपुरमा १ मा तारा लामा, बझाङमा ऐन महर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोमानीपूर्वक चयन गरिएको

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले