जनमत र नाउपा एकता : रेशम संरक्षक, सीकेलाई कार्यकारी अध्यक्ष « Khabarhub

जनमत र नाउपा एकता : रेशम संरक्षक, सीकेलाई कार्यकारी अध्यक्ष


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि हुने पद बाँडफाँडमा सहमति जुटेको छ ।

आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले एकताको टुङ्गो लगाएको हो। बैठकमा एकतापछि नेताहरुको पद, पार्टीको नाम, चुनाव चिन्हमा सहमति जुटेको हो ।

एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई तेस्रो वरीयता दिने गरि सहमति जुटेको नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गा नारायण चौधरीले जानकारी दिए ।

यस्तै चुनाव चिन्ह भने जनमत पार्टीको ढोकिया राख्ने सहमति भएको छ। पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने सहमति भएको चौधरीले जनाकारी दिए ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जित श्रेष्ठ भने उपस्थित नभएको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ४७ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान