इजरायलबाट एकै दिन यमन, लेबनान र सिरिया र गाजामा आक्रमण « Khabarhub

इजरायलबाट एकै दिन यमन, लेबनान र सिरिया र गाजामा आक्रमण


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले एकै दिन यमन, लेबनान, सिरिया र गाजामा हवाई आक्रमण गरेको छ। गाजामा गरेको आक्रमणबाट ५४ जनाको ज्यान गएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार त्यहाँको अस्पतालको अवस्था एकदमै खराब छ। ४८ घण्टामा नै सो अस्पताल ध्वस्त हुन सक्ने छ। अहिले उपचार गराइरहेका हजारौँ जनाको जीवन समेत खतरामा परेको छ।

गाजामा युद्ध जारी भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरबको भ्रमण गर्दै छन्। सोही समयमा व्यापारिक साझेदारी र सम्झौता हुने अनुमान गरिएको छ। हाउथीले इजरायलको राजधानीमा लक्षित गर्दै मिसाइल प्रहार गरेपछि इजरायलले यमनमा आक्रमण गरेको हो। इजरायलले लेबनानको बेका उपत्यकामा आक्रमण गर्दै सिरिया अधीनस्थ गोलान हाइटको बङ्कर नास गरेको जनाएको छ।

त्यहाँको रेडक्रस सोसाइटीले गाजाले अझ ठुलो सङ्कटको सामना गर्नुपर्ने अवस्था आएको जनाएको छ। रेडक्रसले पछिल्लो १९ महिनामा अहिलेको संकट सबै भन्दा भयावह भनेको छ। मानिसको विस्थापन, भोकमरी, रोग र कुपोषण अहिले त्यहाँ सामान्य बनेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ८ : ०० बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त