आईएफजे उपाध्यक्ष भन्छिन्- डिजिटल ऐनबारे आवाज उठाउने बेला आइसक्यो « Khabarhub

आईएफजे उपाध्यक्ष भन्छिन्- डिजिटल ऐनबारे आवाज उठाउने बेला आइसक्यो


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) उपाध्यक्ष सबिना इन्दरजितले नेपाली पत्रकारहरूको अभिव्यक्ति स्वतन्त्रताका लागि उठाउने आवाजका लागि आईएफजे सधैँ साथमा रहने बताएकी छन् । 

सोमबार नेपाल प्रेस युनियनको केन्द्रीय कार्यायलयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उपाध्यक्ष इन्दरजितले नेपाली पत्रकारले अब डिजिटल ऐनको बारेमा आवाज उठाउनुपर्नेमा जोड दिइन् । ‘प्रविधिले फड्को मारिरहेको अवस्थामा अब नेपाली पत्रकारहरूले डिजिटल ऐन/कानुनमा लबिइङ गर्ने बेला आइसकेको छ। यसबारेमा सचेत र आवाज उठाउनुपर्ने समय आइसक्यो जस्तो लाग्यो।’ 

उनले अहिले पत्रकारहरू नेपालमा मात्र हवयन विश्वभर नै असुरक्षित रहेको भन्दै आफ्नो आवाज आफैँले उठाउनुपर्ने बताइन् । उनले भनिन्, ‘हामी पत्रकारहरू खाली अरूको लागि मात्रै आवाज बोलिदिन्छौँ। अब आफ्नो लागि पनि आवाज उठाउनुपर्छ।’ 

यस्तै उनले प्रेस अभिव्यक्ति स्वतन्त्रताका बारेमा आफूले आईएफजेमा बसेर पहल गर्ने प्रतिविद्धतासमेत व्यक्त गरिन् । 
‘तपाईँहरूले आवाज उठाउनुभएपछि मैले त्यहाँ रहेर पत्रकारहरूको पक्षमा पहल गर्न मद्दत गर्नेछु। हामी पत्रकारहरू हक र अधिकारको बारेमा सधैँ सजक र सचेत हुनु जरुरी छ,’ उनले भनिन् ।

यस्तै प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनले चाँडै नै नेपाली प्रेसमाथि भएको आक्रमणका घटनाबारे समेटिएको रिपोर्ट सार्वजनिक गर्ने बताए । 

उनले भने, ‘हामीले चाँडैले नेपाली पत्रकारहरूमाथि भएको आक्रमणको घटनाबारे समेटिएको रिपोर्ट सार्वजनिक गर्ने तयारीमा छौं। आईएफजेले पनि साथ दियोस् भन्ने चाहन्छु।’

पछिल्लो २ वर्षयता नेपाली पत्रकारितामाथि राज्‍यबाटै बारम्बार आक्रमणको प्रयास र प्रेस अभिव्यक्ति स्वतन्त्रतामाथि कुण्ठित हुने काम भइरहेको उनको भनाइ थियो । 

अध्यक्ष लम्सालले लोमाङथाङमा हुने अन्तर्राष्ट्रिय मिडिया समिटमा आउन आईएफजेकी उपाध्यक्षलाई निम्ता समेत दिएका थिए । 

आईएफजेकी उपाध्यक्षलाई नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, उपाध्यक्ष सलोजा दाहाल, ऋषिकान्त पौडेल, महासचिव  दिलीप पौडेललगायतले खादा र माला लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : १४ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई