नागरिक उन्मुक्ति विवादमा अल्झिँदा टीकापुरमा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू) « Khabarhub

नागरिक उन्मुक्ति विवादमा अल्झिँदा टीकापुरमा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू)


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी- पछिल्लो समय रेशम चौधरी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा अल्झिएको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकतालाई लिएर यो दलमा आन्तरिक किचलो छ । रेशमलाई सर्वोच्च अदालतका एक अधिकृतको फेक पत्रका आधारमा पक्राउ गरिएपछि यी दुई दलको एकता नै भाँडिएको छ ।

दम्पतीका रुपमा रहेका रेशम र रञ्जिताबीच शक्ति संघर्ष चलिरहँदा पार्टीको गतिविधि पनि ठप्प प्राय छ । नाउपाको उदय भएको कैलालीको टीकापुरमा पनि अहिले नाउपाको चहलपहल देखिएको छैन । एकता भाँडिएपछि नाउपा अबको रणनीतिबारे आन्तरिक छलफलमा छ ।

नाउपाभित्र विवाद चलिरहँदा मंगलबार प्रमुख सत्तारुढ नेकपा एमाले भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनका नाममा टीकापुरमा शक्ति प्रदर्शन गरेको छ ।

एमालेनिकट सङ्गठनको दोस्रो महाधिवेशन उद्घाटनका क्रममा मंगलबार हजारौँ नेता-कार्यकर्तालाई टीकापुरमा उतारिएको छ । त्यसक्रममा विभिन्न जातजातिका झाँकी र नृत्य पनि प्रस्तुत गरिएको छ ।

दुई दिनसम्म चल्ने महाधिवेशनमा एमालेका सचिव लेखराज भट्टसहित नेताहरू मंगलबार टीकापुर पुगेका छन् । महाधिवशेशनमा नेताहरू झपट रावल र विष्णु रिजालसहित पनि पुगेका छन् ।

यो संगठनको अध्यक्षमा अहिले एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीले छिन् । उनले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास अत्यधिक रहेको टीकापुरलाई महाधिवेशनस्थल छानिएको बताएकी थिइन्।

एमाले केन्द्रीय सदस्य झपटबहादुर रावलले नेपालमा सबै भूमिहीनलाई जग्गा दिएर मालिक बनाउन अहिलेको सरकार लागिरहेको पनि महाधिवेशनअघि बाएका थिए ।

टीकापुरमा मात्रै करिब नौ हजार नौ सय जना भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासीले जग्गाका लागि भूमि आयोगमा आवेदन दिएका छन्।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदशका विभिन्न जिल्लाबाट टीकापुर आएका अधिकांश मानिसहरू क्याम्पस तथा संघ संस्थाका जग्गामा बसेका छन् । यहाँ अझैसम्म जग्गा नापजाँचको काम सुरू हुन सकेको छैन।

यो महाधिवेशनमा देशभरका ६४ जिल्लाबाट ६०० जना प्रतिनिधि सहभागी भएका छन्। सहभागीहरूलाई एमालेको टीकापुरस्थित पार्टी कार्यालयमा खानपानको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : ०८ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका