गण्डकी प्रदेशका दश विद्यालयमा टेलिकमको निःशुल्क इन्टरनेट  « Khabarhub

गण्डकी प्रदेशका दश विद्यालयमा टेलिकमको निःशुल्क इन्टरनेट 


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल टेलिकम दूरसञ्चार कम्पनी लिमिटेड कार्यालय पोखराले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै दूरसञ्चार सेवाको पहुँच वृद्धि गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशका विभिन्न १० वटा सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ग्रामीण एवम् पिछडिएको क्षेत्रका विद्यार्थीले इन्टरनेटको माध्यमबाट पठनपाठनलाई सहज बनाउन टेलिकमले ५० एमवीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा एक वर्षसम्मका लागि निःशुल्क उपलब्ध गराएको हो ।

पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयलाई राउटर सहितको फोरजी इन्टरनेट प्याकेज हस्तान्तरण कार्यक्रममा टेलिकम कार्यालय पोखराका कार्यवाहक प्रमुख विकास राज तिमिल्सिनाले उक्त जानकारी दिए । 

कार्यालयबाट हालसम्म सरास्वती मावि स्याङजा, वालमन्दिर मावि गोर्खा, त्रिभुवन मावि सुन्दर बजार लमजुङ, रामशाह मावि आँपुखैरेनी तनहुँ र मुक्तिधाम वृद्धाश्रम सुक्लागण्डकी तनहुँ एवम् बागलुङमा तिन, नवलपुरमा दुई विद्यालयमा निःशुल्क सेवा उपलब्ध गराइएको छ । 

नेपाल टेलिकम सरकारी नाफा मुलक संस्था भएको बताउँदै ग्राहक वर्गले स्वदेशी इन्टरनेट प्रयोग गरेर मुलुकको समग्र विकास निर्माण र समृद्धिसँग जोड्नु पर्नेमा उनको जोड थियो ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सेल्समेन दिनेशमणी लामिछाने, विद्यालयका सल्लाहकार रवि भण्डारी, प्रधानाध्यापक अर्जुन कँडेल लगायतले प्राविधिक शिक्षा र इन्टरनेटको महत्त्व माथि प्रकाश पारेका थिए । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ५ : १३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित