शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय « Khabarhub

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय दिएको छ ।  

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले समितिमा विधेयकमाथि यसअघि भएका सहमतिलाई कुनै असर नपर्ने गरी शिक्षकहरूसँग छलफल गरी टुङ्गोमा पुराउन सरकारलाई पाँच दिनको समय दिएको हो । 

समिति सभापति अम्मरबहादुर थापाले विधेयकमा रहेका विषयमा सहमति जुटाएर समितिमा जानकारी शिक्षामन्त्रीलाई पाँच दिनको समय दिए । शिक्षा मन्त्री रघुजी पन्तले भने समय नतोक्न आग्रह गरेका थिए । 

तर अनिश्चितकालसम्म बैठक स्थगित गर्दा विधेयक अघि बढ्न नसक्ने देखिएकाले अन्तिम पटकका लागि पाँच दिनको समय दिएको सभापति थापाले बताए ।  

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केही बुँदामा शिक्षकहरूसँग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गरे । उनले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरे  ।

त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरेर सहमतिको वातावरण बनाउने बताए । उनले अव केहिदिनको समय लिएर विधेयक अघि बढाउन आग्रह गरे ।

समिति सदस्यहरूले सरकारका कारण विधेयक रोकिएको भन्दै आपत्ति जनाएका थिए । माओवादी सांसद रेखा शर्माले समितिमा सहमति भइसकेको विषयमा फेरि अनावश्यक विवाद गर्न आवश्यक नरहेको बताए । 

उनले शिक्षा समितिमा कांग्रेस वा अन्य कुनै दलको ह्वीप नमान्ने धारणा राखेपछि कांग्रेस प्रमुख सचेतक घिमिरेले आपत्ति जनाए  । घिमिरेले आफ्नो अपमान भएको भन्दै बैठकबाट हिँड्न खोजेपछि सभापति अम्बर बहादुर थापाले रोकेका थिए ।  

त्यस्तै बैठकमा एमाले सांसद विद्या भट्टराईले शिक्षकहरूलाई सबैले सम्मान गर्नुपर्ने र सेवा सुविधाका बारेमा ऐनले बोल्नुपर्ने भए पनि अडान कायम गर्नु उचित नहुने बताइन्  ।

त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले विधेयकमाथि पहुँचवाला शिक्षकहरूले राजनीति गर्न नहुने धारणा राखिन्  ।

विधेयकका सन्दर्भमा शिक्षा मन्त्रालय र शिक्षकहरुबीच कुरा मिल्न नसक्दा समितिमा सबै विषयमा सहमति जुट्दा समेत विधेयक अघि बढ्न सकेको छैन । 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ५ : ४३ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन