विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग « Khabarhub

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय शिक्षा विधेयक–२०८०’ मा सहमति जुटाउन पाँच दिनको समय दिएको छ ।

समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमा सहमति जुटनका लागि थप समय माग गरेपछि समितिले पाँच दिनको समय दिएको समिति सभापति अमरवहादुर थापाले बताए ।

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमा शिक्षक महासङ्घसँग केही बुँदामा कुरा नमिलेकाले समिति समक्ष समय मागेका छन् । उनले विधेयकलाई छिटो टुग्याउन आफू प्रयत्नरत रहेको बताए ।

“विधेयक बनाउँदा सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुन्छ”, उनले भने, “शिक्षक महासङ्घसँग धेरै कुरा मिलेपनि केही कुरामा मिल्न बाँकी छ । त्यसका लागि मलाई केही समय चाहिन्छ ।”

समिति सदस्य श्याम घिमिरेले शिक्षक महासङ्घसँग केही कुरा मिल्न बाँकी भएकाले विधेयकलाई टुग्याउनका लागि केही समय आवश्यक रहेको बताए ।समिति सदस्य छविलाल विश्वकर्माले सरोकार पक्षको अपनत्व हुने गरी विधेयक जारी गर्नुपर्ने भन्दै नमिलेको कुरा मिलाउनतर्फ सबै लाग्नुपर्ने बताए ।

समिति सदस्य विद्या भट्टराईले शिक्षकको बढुवा पारदर्शी तरिकाले हुनुपर्नेमा जोड दिए । समिति सदस्य सरिता भुसालले ५० वटा बैठक विधेयकका सम्बन्धमा बसेपनि अझै निचोडमा पुग्न नसक्दा आफूलाई दुःख लागेको बताए । समिति सदस्य रेखा शर्माले विधेयकलाई त्यतिकै अड्काएर राख्न नहुने भन्दै चाँडो पारित गर्न आग्रह गरे ।

समिति सदस्य देवेन्द्र पौडेलले समितिमा पार्टीको ह्वीप नलाग्ने भएकोले बहुमतले पास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । समिति सदस्य ईश्वरी घर्तीले शिक्षकको बढुवा समितिले तोकेअनुसार हुनुपर्नेमा जोड दिए ।

समिति सदस्य सुमना श्रेष्ठले विधेयकमा शिक्षकको मात्र नभएर विद्यार्थीका कुरा पनि समेट्नुपर्नेमा जोड दिए । समिति सदस्य ज्ञानु बस्नेत सुवेदीले मिल्न नसकेका कुरालाई समितिबाटै नै मिलाएर लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : ४६ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य