नाइमा नेपाल मोबिलिटी एक्स्पोका आकर्षण कार (तस्बिरहरू) « Khabarhub

नाइमा नेपाल मोबिलिटी एक्स्पोका आकर्षण कार (तस्बिरहरू)


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले बुधबारदेखि भृकुटीमण्डमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गरेको छ ।

बुधबारदेखि साउन २५ गतेसम्म चल्ने यो एक्स्पोमा कयौँ आकर्षक कार राखिएका छन् । यो एक्स्पोमा सिटी कारको बाक्लो उपस्थिति देखिएको छ।

मूल्य र सहजताका हिसाबले यस्ता कारतर्फ ग्राहकको आकर्षण बढ्दै गएकाले एक्स्पोमा आकर्षणको केन्द्र बनेका छन् ।

नाइमा अटो शोमा बीवाईडीको सिगल, एसक्युब इन्टरप्राइजेजले भित्र्याएको हेनरी भोल्ट्स, जिङपेङको लिङबक्स, रेनोको रेनो क्वीड ईभी, कियाको साइरोक्स, डिपलको लुमिन लगायत ह्याचब्याक र सिटी कार लन्च हुने तयारीमा छन् । अहिले, केई, बिएडब्लु, सेरेस, रेनल्ट, जिङपेङ, हेनरी लगायतले सिटी कार बिक्रीलाई प्राथमिकता दिइरहेका छन् ।

५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुई पांग्रे, १५ चार पाङ्ग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नाइमाले जनाएको छ । यसबाहेक संस्थाले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि आयोजना गरेको छ ।

प्रतियोगितामा आज सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरू प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तर पार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : १३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका