माइकल ज्याक्सनले लेखेका गीत अब कोरियाली पपस्टारको स्वरमा « Khabarhub

माइकल ज्याक्सनले लेखेका गीत अब कोरियाली पपस्टारको स्वरमा


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि शान्त देखिएको दक्षिण कोरियाली पप समूह बीटीएस मौनताको कारण खुलेकको छ। अन्तर्राष्ट्रिय मिडियाको एक विशेष रिपोर्टअनुसार, विश्व चर्चित समूहले पपका राजा माइकल ज्याक्सनको अप्रकाशित गीतमध्ये एकको रेकर्डिङ पूरा गरिसकेको छ।

रिपोर्ट अनुसार, यो रेकर्डिङ आयरल्याण्डस्थित ग्राउज लज स्टुडियोमा सम्पन्न भएको हो, जहाँ सन् २००६ मा माइकल ज्याक्सनले आफ्ना सहकर्मीहरूसँग मिलेर आगामी एल्बमको तयारीस्वरूप करिब १० वटा गीत लेखेका थिए।

स्टुडियोका सञ्चालक प्याडी डनिङले एक अन्तर्वार्तामा बताएअनुसार, गत वर्षबाट यो परियोजनाको रेकर्डिङ सत्र सुरु भएको हो । उनका अनुसार गीत रेकर्ड शुरु भइसकेको छ । यी गीतहरू माइकल ज्याक्सनको पुनरागमनका लागि तयार पारिएका थिए, तर कहिल्यै सार्वजनिक हुन सकेनन्। 

यस विषयमा बीटीएस सांगीतिक समूहले औपचारिक टिप्पणी नगरे पनि प्रशंसकहरुमा उत्सुकता चुलिएको छ। माइकल ज्याक्सनजस्ता दिग्गज कलाकारको रचनामा विश्वस्तरका कलाकारले आवाज दिने कुराले संगीतप्रेमीहरूमा थप उत्साह बढाएको छ। 

यसले बीटीएसको विश्वव्यापी प्रभावलाई पुनः पुष्टि गरेको छ । यसलाई माइकल ज्याक्सनका अप्रकाशित कृति पुनः जीवनमा फर्काउने ऐतिहासिक कदमका रूपमा व्याख्या गरिएको छ । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : १५ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ