माइकल ज्याक्सनले लेखेका गीत अब कोरियाली पपस्टारको स्वरमा « Khabarhub

माइकल ज्याक्सनले लेखेका गीत अब कोरियाली पपस्टारको स्वरमा


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि शान्त देखिएको दक्षिण कोरियाली पप समूह बीटीएस मौनताको कारण खुलेकको छ। अन्तर्राष्ट्रिय मिडियाको एक विशेष रिपोर्टअनुसार, विश्व चर्चित समूहले पपका राजा माइकल ज्याक्सनको अप्रकाशित गीतमध्ये एकको रेकर्डिङ पूरा गरिसकेको छ।

रिपोर्ट अनुसार, यो रेकर्डिङ आयरल्याण्डस्थित ग्राउज लज स्टुडियोमा सम्पन्न भएको हो, जहाँ सन् २००६ मा माइकल ज्याक्सनले आफ्ना सहकर्मीहरूसँग मिलेर आगामी एल्बमको तयारीस्वरूप करिब १० वटा गीत लेखेका थिए।

स्टुडियोका सञ्चालक प्याडी डनिङले एक अन्तर्वार्तामा बताएअनुसार, गत वर्षबाट यो परियोजनाको रेकर्डिङ सत्र सुरु भएको हो । उनका अनुसार गीत रेकर्ड शुरु भइसकेको छ । यी गीतहरू माइकल ज्याक्सनको पुनरागमनका लागि तयार पारिएका थिए, तर कहिल्यै सार्वजनिक हुन सकेनन्। 

यस विषयमा बीटीएस सांगीतिक समूहले औपचारिक टिप्पणी नगरे पनि प्रशंसकहरुमा उत्सुकता चुलिएको छ। माइकल ज्याक्सनजस्ता दिग्गज कलाकारको रचनामा विश्वस्तरका कलाकारले आवाज दिने कुराले संगीतप्रेमीहरूमा थप उत्साह बढाएको छ। 

यसले बीटीएसको विश्वव्यापी प्रभावलाई पुनः पुष्टि गरेको छ । यसलाई माइकल ज्याक्सनका अप्रकाशित कृति पुनः जीवनमा फर्काउने ऐतिहासिक कदमका रूपमा व्याख्या गरिएको छ । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : १५ बजे

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन