अर्थसंक्षेप : हुम्लामा २२ अर्ब ८५ करोडमा दुई जलविद्युत् बन्दै, अब ठेक्का रद्द भएपछिको काम पूर्वाधार कम्पनीलाई र १३८ कम्पनीको शेयर मूल्य घट्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : हुम्लामा २२ अर्ब ८५ करोडमा दुई जलविद्युत् बन्दै, अब ठेक्का रद्द भएपछिको काम पूर्वाधार कम्पनीलाई र १३८ कम्पनीको शेयर मूल्य घट्यो


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

१३८ वटा कम्पनीको शेयर मूल्य घट्यो, कारोबार आठ अर्ब तल

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा कुल शेयर कारोबार भएका कम्पनीमध्ये १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

बुधबार नेप्सेमा सात अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा नेप्से १.९४ अंकले घटेको छ । आजको कारोबारसँगै नेप्से परिसूचक २८३६.३५ अंकमा पुगेको हो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा विन नेपाल लघुवित्तको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने थ्री स्टार हाइड्रोपावरको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

बुधबार नेप्सेमा अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा लगानी, लघुवित्त र अन्य समूह बाहेक अरु समूहको सूचक पनि राताम्य बनेको छ ।

इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो

खाद्यान्नमा कोशी आत्मनिर्भर, ११ लाख ८२ हजार मेट्रिक टन वर्षे धान उत्पादन

अनुदानलाई निरन्तरता नदिए भदौदेखि आन्दोलन थाल्ने उखु किसानको चेतावनी 

हुम्लामा २२ अर्ब ८५ करोडको लागतमा दुई जलविद्युत् आयोजना निर्माण हुँदै

कर्णालीको हुम्लामा दुई जलविद्युत आयोजना बन्न लागेका छन् । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाबीचमा पर्ने ९८.७० मेगावाटको चुवा खोला र ११०.२ मेगावाटको अपर चुवा लुरुप्या अर्धजलाशययुक्त जलविद्युत आयोजना बन्न लागेका हुन् ।

दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरिसकेको छ । ११०.२ मेगावाट अपर चुवा लुरुप्या अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको नेपाल पोर्टफोलियो इनर्जी प्रालिले हुम्ला जिल्लामा रहेको चुवा र लुरुप्या खोलाको पानी उपयोग गर्ने गरी १०३ मेगावाट क्षमताको माथिल्लो चुवा लुरुप्या खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति-पत्र पाएको थियो ।

सर्वेक्षण अनुमतिपत्रको पाँच वर्षको म्याद २८ मंसिर २०८१ मा सकिसकेको हुनाले आयोजनाको विद्युत उत्पादन अनुमति-पत्रको प्रक्रियामा रहेको छ ।

आयोजनाको क्षमता १०३ मेगावाटबाट ११०.२ मेगावाट हुने गरी र सर्वेक्षण अनुमति-पत्रको पश्चिमी सिमाना संशोधन गरिएको छ । साथै आयोजनाको नाम माथिलो चुवा लुरुप्या खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनालाई संशोधन गरी अपर चुवा लुरुप्या अर्धजलाशययुक्त जलविद्युत आयोजना राखिएको छ । प्रस्तावित आयोजनाको लगानीकर्ता नेपाल पोर्टफोलियो प्रा. लि. को साथै मलेशियन कम्पनी वएचपी नेपाल (ओएचपी नेपाल इनकर्पोरेटेड) रहेको छ ।

व्याख्यात्मक टिप्पणीसहित अनुमोदन नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो : अध्यक्ष प्रचण्ड

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

ताप्लेजुङको लामपोखरी पर्यटकको पर्खाइमा

अब ठेक्का रद्द भएपछिको काम पूर्वाधार कम्पनीलाई

सरकारले केही नेपाल ऐन, संशोधनमार्फत अब ठेक्का रद्द भएपछिको बाँकी काम नेपाल पूर्वाधार निर्माण कम्पनीले गर्नसक्नेगरी खरिद ऐनको संशोधन गरेको छ ।

सार्वजनिक खरिद निकायसँग सम्झौता गरेर काम सुरु नगर्ने, बिचैमा छाड्ने वा प्रगति नगर्ने पक्षसँग ठेक्का तोडेर अब सो काम सरकारको पूर्ण स्वामित्वमा रहेको निर्माण कम्पनीलाई दिन सक्नेगरी सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गरेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) मा ‘सार्वजनिक निकायसँग खरिद सम्झौता गर्नेले सम्झौता बमोजिम काम सुरु नगरेमा, काम सुरु गरी बीचैमा छोडेमा वा सम्झौता बमोजिम कामको प्रगति नगरेमा सार्वजनिक निकायले त्यस्तो सम्झौता जुनसुकै बखत अन्त्य गर्न सक्नेछ’ भन्ने व्यवस्था रहेको छ ।

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

बीवाईडीले लन्च गर्‍यो अल-न्यु बीवाईडी एट्टो १, यस्तो छ अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो : नयाँ नयाँ बाइक हेर्न जानुस् भृकुटीमण्डप (तस्बिरहरू)

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : ५८ बजे

सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित सङ्घर्ष समितिले बुझायो ज्ञापनपत्र

सप्तरी – सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको

पोखरीमा डुबेर बारामा सात वर्षीय बालकको मृत्यु

बारा – बाराको कलैया उपमहानगरपालिका– ३ गङ्गापुरमा आज दिउँसो पोखरीमा

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

कञ्चनपुर – नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार

स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको

मन्त्रालयको तयारी : २० वर्षवारि बिहेबारी ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि एउटा सार्वजनिक कार्यक्रममा