पाकिस्तानमा विलासी सवारीको खरिदमा ठूलो घोटाला « Khabarhub

पाकिस्तानमा विलासी सवारीको खरिदमा ठूलो घोटाला


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा विलासी सवारीको खरिदमा ठूलो घोटाला हुने गरेको पाइएको छ । पाकिस्तानको भन्सार महानिर्देशनालयको पोस्ट क्लियरेन्स अडिट (पीसीए) प्रतिवेदनमा यसबारे खुलासा भएको हो ।

एक्सप्रेस ट्रिब्युनका अनुसार यसबारे १ सय २७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक भएपछि पाकिस्तानमा हलचल मच्चिएको छ । यसलाई पाकिस्तानी इतिहासमै विलासी सवारीको आयातमा भएको सबैभन्दा ठूलो घोटाला मानिएको छ ।

सन् २०२४ को डिसेम्बरदेखि सन् २०२५ को मार्च महिनासम्म आयात गरिएका १ हजार ३ सय ३५ वटा सवारी साधनको तथ्याङ्कका आधारमा प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनमा कतिपय आयातकर्ताले रसिदमा सवारी साधानको कुल मूल्य ६७ करोड पाकिस्तानी रुपैयाँ उल्लेख गरेका थिए । यद्यपि ती सवारीको वास्तविक मूल्य भने ७ अर्ब २५ करोडभन्दा धेरै पाइएको थियो ।

भुक्तानी गरिएको रकममा हेराफेरी गरी आयातकर्ताले भन्सार र अन्य करस्वरुप केबल १ अर्ब २९ करोड रुपैयाँ तिरेका थिए । यसबाट राष्ट्रिय ढुकुटीमा १८ अर्ब ७८ करोड रुपैयाँ नोक्सानी भएको थियो ।

समीक्षा अवधिमा आयात गरिएका ९९ दशमलब ९८ प्रतिशत ल्याण्ड क्रुजर सवारी यस्तै हेराफेरी गरेर ल्याइएको भेटिएको छ । यस लेखा प्रतिवेदनको थप अध्ययनका लागि संघीय आय बोर्डलाई पठाइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ३४ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता