सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली « Khabarhub

सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घन्टा ढिला सुरु भएको छ ।

बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेको भन्दै अध्यक्ष ओलीले दुःख व्यक्त गरे ।

‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् । तर भइदियो । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन बिलम्ब हुन गयो’, अध्यक्ष ओलीले भने ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले सातदोबाटोबाट गोदावरी जाने क्रममा ११ वर्षीय बालकलाई ठक्कर दिएको हो ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  १० : ०१ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’