एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा « Khabarhub

एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको देखिएको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने अधिकारमा प्रतिबन्ध लागेको छ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतलाई कार्यसूचीबाटै हटाइदिएका हुन्। फरक मत राख्न करिब ३० मिनेटसम्म हलमा उभिएका थापालाई ओलीले बोल्नै नदिएका हुन् ।

थापाले महाधिवेशनका लागि ३२ पृष्ठ लामो फरक मत तयार पारेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरेका थिए। पार्टी कार्यालयमा दर्ता भएको प्रतिवेदन ओलीले प्रस्तुत गर्न रोक लगाएका हुन्।

थापाले एमालेको आन्तरिक लोकतन्त्र, सङ्गठनात्मक प्रणालीमा देखिएका समस्या र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निरन्तरताको विषयलाई फरक मतको  मुख्य एजेन्डा बनाएका थिए खोजेका थिए। 

थापाले केपी ओलीले उठाएकै पार्टी जीवनको लोकतान्त्रीकरणबारेमा समेत महाधिवेशन कुरा राख्न चाहेका थिए । तर कार्यसूचीमा राखेर पनि अन्तिममा ओलीले थापालाई बोल्नै निषेध गरिदिएका हुन् ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  १ : २५ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’