‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई « Khabarhub

‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसवर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गरिएको छ । 

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले समाजका संस्थापक सुमित्रा चौलागाई (सुमी मानव)लाई पुरस्कार प्रदान गरे । 

उक्त पुरस्कारको राशि रु दुई लाख रहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलमा बेसहरा नागरिकलाई आश्रय उपलब्ध गराउँदै आएको समाजलाई सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएबापत उक्त पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ । 

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–४ डाँडागाउँमा रहेको श्री अनाथ असहाय बाल सुधार समाज, नुवाकोटको विदुर नगरपालिका–७ देवीघाटस्थित श्री देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अनुसन्धान प्रतिष्ठान, चितवनको रत्ननगरपालिका–११ मङ्गलपुरस्थित गामवेसीको चेपाङ संरक्षण केन्द्र र ललितपुरको ललितपुर महानगरपालिका–२५ नख्खुस्थित श्री तुलसी फाउण्डेशन (तुलसालय आश्रम)लाई जनही रु एक लाख राशिको पुरस्कार प्रदान गरियो । 

सो अवसरमा शिक्षा तथा सीप विकासको अवसर प्रदान गर्नमा सामाजिक संस्थाको योगदानका शोधकर्ता पूर्वसहसचिव गेहनाथ गौतमद्वारा लिखित ‘सामाजिक सेवा प्रचनमाला–८’ लोकार्पण गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व चौलागाइँले बेसहरा नागरिकलाई जीवनयापनमा सहजीकरण गर्न समाज क्रियाशील रहेको बताए। 

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ३ : ४० बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको