अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क « Khabarhub

अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क प्रदान गरिने भएको छ । 

सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिए । उनले पक्षघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टेप्लेज इन्जेक्सन दिएमा बिरामी पुरानै अवस्थामा फर्किन सम्भावना रहने बताए। 

‘मस्तिष्कघातको लक्षण देखिएको साढे चार घण्टाभित्रै बिरामीलाई अस्पताल पुर्‍याउनसके इन्जेक्सनको सहयोगले बिरामी निको हुने सम्भावना हुन्छ’, डा पाण्डेले भने । 

एक ‘भायल’को करिब एक लाख पर्ने पर्ने सो इन्जेक्सन खरिद गर्ने हैसियत हरेक नागरिकको नभएकाले भेरी अस्पतालमा निःशुल्क दिँदा यसबाट सिमान्तकृत र विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ । 

पहिलो चरणमा भेरी अस्पतालमा २० भायल अल्टेप्लेज इन्जेक्सन प्राप्त भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीले बताए। सो परिमाणले सात बिरामीको उपचार गर्न सकिन्छ । 

 भरतपुर, काठमाडौँलगायत सरकारी अस्पतालमा अल्टेप्लेज इन्जेक्सन निःशुल्क पाइए पनि भेरी अस्पतालमा हालसम्म उपलब्ध थिएन । हालै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवेदी, मेडिसिन विभाग प्रमुख डा. पाण्डेलगायतको पहलमा यहाँ पनि निःशुल्क उपलब्ध गराइने भएको हो । 

अस्पतालको यो पहलले नेपालगञ्जमात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका मस्तिष्कघातका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले हालैमात्र मस्तिष्कघातका बिरामीको उपचार र व्यवस्थापनका लागि नयाँ कार्यविधि जारी गरेको छ । यस कार्यविधिको मुख्य उद्देश्य मस्तिष्कघात भएका बिरामीलाई छिटो, गुणस्तरीय उपचार प्रदान गर्नु हो । 

कार्यविधिले उपचारसँगै सचेतनाको पाटोलाई सुनिश्चित गरेको छ ।  
 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ४ : ३२ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६