भारतलाई विश्व जल खेलकुदमा बलियो बनाउन खेलो इण्डिया महोत्सव « Khabarhub

भारतलाई विश्व जल खेलकुदमा बलियो बनाउन खेलो इण्डिया महोत्सव


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरको राजधानी श्रीनगरमा खेलो इण्डिया वाटर स्पोर्ट्स फेस्टिभल सम्पन्न भएको छ । श्रीनगरको दाल तालमा आयोजित खेल महोत्सवमा कयाकिङ, कनोयिङ, रोयिङ र अन्य जल खेलकुदका स्पर्धा समावेश थिए ।

भारतको खेल प्राधिकरणको तत्वावधानमा आयोजित यस महोत्सवले सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुने ओलम्पिकका लागि प्रतियोगीका लागि प्रशिक्षण र क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । यस महोत्सवले यस क्षेत्रमा भारतको बढ्दो क्षमता उजागर गर्नुका साथै भारतले अन्तर्राष्ट्रिय स्तरमा अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा पनि बढेर गएको छ ।

यो महोत्सवले खेलाडीहरुलाई उच्चस्तरीय सुविधा, प्रतिस्पर्धा र उचित प्रशिक्षणको अवसर दिन भारत सरकारको प्रतिबद्धतालाई पनि उजागर गरेको छ । त्यसैगरी, यस महोत्सवले युवा खेलाडीको सीप र आत्मविश्वास अभिवृद्धि गर्न पनि मद्दत पुर्‍याएको छ ।

कयाकिङ, कनोयिङ, रोयिङ र पौडीजस्ता खेलमा शारीरिक शक्तिमात्रै नभइ प्राविधिक सीप, मानसिक चुस्तता र रणनीतिक सोचाइ पनि चाहिन्छ । यस्ता आवश्यकतालाई मध्यनजर गर्दा यस महोत्सवले प्रतिस्पर्धात्मक तर सहयोगी वातावरणमा आफ्नो सीपलाई थप अभिवृद्ध गर्न खेलाडीलाई अवसर पनि प्रदान गरेको छ ।

यसले गर्दा भारतलाई विश्व जल खेलकुदको क्षेत्रमा थप मजबुतिका साथ स्थापित हुन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ७ : ३३ बजे

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी

साप्ताहिक अर्थसंक्षेप : ऋण थप्दै सरकार, उद्योगीले पाए नयाँ नेतत्व र व्यवसायी फकाउँदै रवि

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?