भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली – भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा परेका भन्दै नेपाली केरा व्यवसायी सङ्घले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई आज यहाँ ज्ञापनपत्र बुझाएको छ ।

नेपाली किसानद्वारा लगानी मिहिनेत र गरेर उत्पादित गुणस्तरीय केरा भारतीयबाट आयत हुने सस्तो मूल्यका केराका कारण आफ्नै देशभित्र उचित मूल्य र बजार नपाएको भन्दै कैलाली र कञ्चनपुरका केरा उत्पादक तथा व्यवसायी सङ्घको संयुक्त टोलीले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो ।

यहाँ उत्पादित गुणस्तरीय केराले उचित मूल्य र बजार नपाएपछि किसान निराश हुनुको साथै आर्थिक क्षतिसमेत भएको सङ्घले जनाएको छ । उत्पादन लागत उठ्न नसक्दा केरा किसान ऋणमा डुब्ने अवस्था आएको, अधिकांश किसान घाटा भएपछि केराखेतीबाट निरुत्साहित भई विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको केरा व्यवसायीको भनाइ छ ।

नेपाली किसानद्वारा उत्पादित केरालाई प्राथमिकता दिनु, आत्मनिर्भर कृषि प्रणालीको विकास गर्नु, किसानलाई उचित मूल्य दिनु र आपूर्तिमा सन्तुलन कायम गर्नु राज्यको दायित्व रहेको कैलाली केरा उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष दिपेन्द्र थारुले बताए ।

भारतबाट आयात गरिने केरा मङ्सिरसम्म पूर्णरूपले बन्द गर्नुपर्ने, प्लान्ट क्वारेन्टाइनको कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रियामा कडाइ गर्नुपर्ने, नेपाली केरा प्राथमिकताका साथ उपभोग गर्न आमउपभोक्तालाई राष्ट्रियस्तरमा सरकारले आह्वान गर्नुपर्ने, नेपाली केरा उत्पादक किसानको रक्षा सरकारले गर्नुपर्ने र तत्काल नेपाली केराको उचित मूल्यसहित बजार सुनिश्चित गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको सङ्घका अध्यक्ष थारुले जानकारी दिए।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : २५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित