आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित « Khabarhub

आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – पछिल्ला पाँच/छ वर्षदेखि मोतीविन्दुले आँखा ढाकेपछि भङ्गाहा–७ मेघनाथ गोरहन्नाका ७० वर्षीय रहमान नदाफलाई अब फेरि सक्रिय जीवनमा फर्किउँला भन्ने आस नै थिएन । हालै दाहिने आँखाको शल्यक्रिया गरेर मोतीविन्दु फालिएपछि भने नदाफलाई फेरि काममा फर्कने आस जागेको छ ।

“आँखाको ज्योति गुम्दा अरु केही स्वास्थ्य समस्या नहुँदा पनि घरमा बस्नु परेको थियो, अब त्यो जालो हट्यो, फेरि काममा जुट्नसक्छु भन्ने लागेको छ”, उनी भन्छन्, “डाक्टरले अब आँखाको पट्टी खुलेपछि राम्ररी देख्न सक्नुहुन्छ भन्नुभएको छ ।”

नदाफ जस्तै भङ्गाहा–७ कै ७५ वर्षीया बहुरीदेवी चौधरी थारुलाई फेरि पहिले जस्तै संसार हेर्न पाइने आसले रोमाञ्चित बनाएको छ । शुक्रबारमात्र उहाँको मोतीविन्दुको शल्यक्रिया भएको छ । थारुकै छिमेकी ६५ वर्षीय हरि साह पनि शल्यक्रियापछि आँखामा लगाइएको पट्टी खोल्ने पर्खाइमा छन् ।

हालै यहाँ मोतीविन्दु र आँखामा मासु पलाएर ज्योति गुमेकाहरूका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन भएको थियो । सगरमाथा चौधरी आँखा अस्पताल लहानले सञ्चालन गरेका आँखा उपचार केन्द्र बर्दिवास, आँखा तथा कान उपचार केन्द्र लालबन्दी (सर्लाही) र आँखा तथा कान उपचार केन्द्र महेन्द्रनगर (धनुषा)ले यो अवसर मिलाएका हुन् । शिविरमा ५०० जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ ।

“हामीले छ ठाउँमा आँखा जाँचका प्रारम्भिक शिविरमा मोतीविन्दु, आँखामा मासु पलाउने जस्ता समस्या भएका व्यक्तिहरूको पहिचान गरेर यही (आँखा उपचार केन्द्र बर्दिवास) शल्यक्रिया गर्दैछौँ”, केन्द्रका प्रमुख अरविन्द राय भन्छन्,“गत सोमबारदेखि आँखाको प्रारम्भिक जाँच शिविर सञ्चालन भएका र गत बिहीबारदेखि शल्यक्रिया सुरु गरिएको छ । शुक्रबार साँझसम्म एक सय बढीको शल्यक्रिया सम्पन्न भइसकेको छ ।”

विभिन्न ठाउँमा सञ्चालित शिविरमा पहिचान गरिएका बिरामीलाई पालैपालो बर्दिबास ल्याएर शल्यक्रिया गर्न थालिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ५४ बजे

उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता

मनिला– उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी