आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित « Khabarhub

आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – पछिल्ला पाँच/छ वर्षदेखि मोतीविन्दुले आँखा ढाकेपछि भङ्गाहा–७ मेघनाथ गोरहन्नाका ७० वर्षीय रहमान नदाफलाई अब फेरि सक्रिय जीवनमा फर्किउँला भन्ने आस नै थिएन । हालै दाहिने आँखाको शल्यक्रिया गरेर मोतीविन्दु फालिएपछि भने नदाफलाई फेरि काममा फर्कने आस जागेको छ ।

“आँखाको ज्योति गुम्दा अरु केही स्वास्थ्य समस्या नहुँदा पनि घरमा बस्नु परेको थियो, अब त्यो जालो हट्यो, फेरि काममा जुट्नसक्छु भन्ने लागेको छ”, उनी भन्छन्, “डाक्टरले अब आँखाको पट्टी खुलेपछि राम्ररी देख्न सक्नुहुन्छ भन्नुभएको छ ।”

नदाफ जस्तै भङ्गाहा–७ कै ७५ वर्षीया बहुरीदेवी चौधरी थारुलाई फेरि पहिले जस्तै संसार हेर्न पाइने आसले रोमाञ्चित बनाएको छ । शुक्रबारमात्र उहाँको मोतीविन्दुको शल्यक्रिया भएको छ । थारुकै छिमेकी ६५ वर्षीय हरि साह पनि शल्यक्रियापछि आँखामा लगाइएको पट्टी खोल्ने पर्खाइमा छन् ।

हालै यहाँ मोतीविन्दु र आँखामा मासु पलाएर ज्योति गुमेकाहरूका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन भएको थियो । सगरमाथा चौधरी आँखा अस्पताल लहानले सञ्चालन गरेका आँखा उपचार केन्द्र बर्दिवास, आँखा तथा कान उपचार केन्द्र लालबन्दी (सर्लाही) र आँखा तथा कान उपचार केन्द्र महेन्द्रनगर (धनुषा)ले यो अवसर मिलाएका हुन् । शिविरमा ५०० जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ ।

“हामीले छ ठाउँमा आँखा जाँचका प्रारम्भिक शिविरमा मोतीविन्दु, आँखामा मासु पलाउने जस्ता समस्या भएका व्यक्तिहरूको पहिचान गरेर यही (आँखा उपचार केन्द्र बर्दिवास) शल्यक्रिया गर्दैछौँ”, केन्द्रका प्रमुख अरविन्द राय भन्छन्,“गत सोमबारदेखि आँखाको प्रारम्भिक जाँच शिविर सञ्चालन भएका र गत बिहीबारदेखि शल्यक्रिया सुरु गरिएको छ । शुक्रबार साँझसम्म एक सय बढीको शल्यक्रिया सम्पन्न भइसकेको छ ।”

विभिन्न ठाउँमा सञ्चालित शिविरमा पहिचान गरिएका बिरामीलाई पालैपालो बर्दिबास ल्याएर शल्यक्रिया गर्न थालिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ५४ बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी